ताजा समाचार

कोशी प्रदेशको नीति तथा कार्यक्रम पारित

काठमाडौं । कोशी प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेशसभाबाट पारित भएको छ।

प्रदेशसभाको आइतबारको बैठकमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी नीति तथा कार्यक्रम पारितका लागि प्रस्ताव पेस गरेका थिए। सभामुख अम्बरबहादुर विष्टले ध्वनि मतका आधारमा बहुमतले नीति तथा कार्यक्रम पारित भएको घोषणा गरेका हुन्।

प्रदेश प्रमुख पर्शुराम खापुङले जेठ ५ गते प्रदेश सरकारको आगामी नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गरेका थिए । प्रदेश सरकारले दिगो विकास योजनामा भौतिक पूर्वाधार, कृषि, सूचना प्रविधि, ऊर्जा र पर्यटन क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको मुख्यमन्त्री हिक्मत कार्कीले जनाएका छन् ।

नीति तथा कार्यक्रम पारित गर्नुअघि प्रदेश सांसदले उठाएका प्रश्नको मुख्यमन्त्री कार्कीले जवाफ दिएका छन्। उनले प्रदेश सरकारले दीर्घकालीन हितलाई समेटेर नीति तथा कार्यक्रम तयार गरेको बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org