ताजा समाचार

युवा संघको नेतृत्व गरेर ‘समृद्ध नेपाल-सुखी नेपाली’को संकल्प पुरा गर्न योगदान गर्छुः उपाध्यक्ष महाराज गुरुङ

काठमााडौं । राष्ट्रिय युवा संघ नेपालको दशौं राष्ट्रिय महाधिवेशनमा उपाध्यक्ष पदमा उम्मेदवारी दिँदै युवा नेता महाराज गुरुङले मतदाताको आशा, भरोसा र विश्वासमा कमि आउन नदिने गरि युवा संघको नेतृत्व गर्ने प्रतिवद्धता जनाएका छन् ।

देशको पर्यटकीय राजधानी पोखरामा जारि महाधिवेसनमा निवर्तमान उपाध्यक्ष समेत रहेका गुरुङले मतदान सुरु हुनुभन्दा अघि महाधिवेसन प्रतिनिधिहरुसामु आफ्नो प्रतिवद्धता जायर गरेका हुन् ।

उनले भनेका छन्, ‘ तपाईहरुको अमूल्य मत दिन हार्दिक अनुरोध गर्दछु, तपाईहरुको आशा, भरोसा र विश्वासलाई कहिलै मर्न दिने छैन्, उनले भने, तपाईहरुले दिएको मतलाई सधै शिरमा राखेर तपाईहरुले दिएको मत कहिलै मैले गलत ठाँउमा दिएछु भन्ने कुराको सोच नहुने गरि म संगठनको काम गर्छु ।’

राष्ट्रिय युवा संघमा आफ्नो सक्षम र शसक्त नेतृत्वशैलीका कारण लोकपृय र बलिया उम्मेदवारका रुपमा रहेका गुङग सक्षम युवा नेतृत्वले नै देशको मुहार फेर्न र नेकपा एमाले नेतृत्वको सरकारले राखेको ‘समृद्ध नेपाल-सुखि नेपालीको’ साझा संकल्प पुरा गर्न सक्ने विचार राख्छन् ।

गत कार्यकालमा संगठनका विभिन्न कार्यक्रमहरुमा कुसल नेतृत्व गरेर देशकै लोकपृय संगठनका रुपमा युवा संघ नेपाललाई स्थापित गराउँन सफल गुरुङ पुनः एकपटक उपाध्यक्षमा दोहोरिएर नेतृत्व गर्न चाहन्छन् ।

त्यस्तै उनले सहमतीका आधारमा नेतृत्व चयन हुन नसके पनि निर्वाचनले संगठनको आन्तरिक लोकतन्त्रलाई मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्ने भएकाले यसको प्रक्रियामा उत्साहजनक रुपमा सहभागी हुन् प्रतिनिधिहरुमाझ अनुरोध गरेका छन् ।

जारि महाधिवेशनमा आगामी नेतृत्व सर्वसम्मतीका आधारमा चयन गर्न लामो सयमसम्म पहल गरे पनि सहमती जुट्न नसक्दा अन्ततः निर्वाचन हुने भएको छ । अध्यक्षमा निर्वतमान अध्यक्ष क्षितिज थेपे र निर्वतमा सुमन पुरिबच प्रतिस्पर्धा हुँदै छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org