युवा सङ्घको महाधिवेशन: फर्जी प्रतिनिधि भेटिएकोमा पुरि पक्षको अपत्ति
काठमाडौं । पोखरामा जारि राष्ट्रिय युवा सङ्घ नेपालको १० औँ महाधिवेशनबाट नयाँ नेतृत्व छनोट गर्न भइरहेको मतदानमा फर्जी प्रतिनिधि कार्डको प्रयोग भएपछि केहीबेर अवरुद्ध भएको मतदान प्रक्रिया पुन सुरु भएको छ ।
पर्यटकीय राजधानी पोखराको सभागृहमा सोमबार बिहान १० बजेबाट सुरु भएको मतदानका क्रममा रौतहटका प्रतिनिधि शेख जैद आलमको नाममा बनाइएको कार्डमा अर्कै व्यक्तिको फोटो टाँसिएको फेला परेको थियो । उक्त कार्ड प्रयोग गरी भोट हाल्न खोजिएपछि अन्य प्रतिनिधिहरूले अवरोध गरेका थिए ।
उक्त कार्यको अध्यक्षका उम्मेदवार सुमन पुरिले विरोध समेत जनाएका छन् । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले लेखेका छन्,
”स्वस्थ प्रतिस्पर्धा यही हो त?एक जना मान्छे उपस्थित छैन, उसको नाममा कार्ड बनाइन्छ। कार्डमा फोटो टाँसिन्छ।त्यही कार्ड लिएर अर्का मान्छे मतदान गर्न आउँछ, फर्काइन्छ।पछि “प्रतिनिधि व्यवस्थापन” ले फेरि अर्को कार्ड बनाएर पठाउँछ।यो के हो?
हारको डरले ?
यति गम्भीर बेइमानी,
अनि पनि जित्नुपर्छ भन्ने लोभ ?”
निर्वाचन समितिले तत्काल मतदान प्रक्रिया स्थगित गर्दै छानबिन अघि बढाएको थियो । अहिले डिजिटल कार्ड भएका प्रतिनिधिहरूले मात्र मतदान गर्न पाउने निर्णय भएपछि मतदान अघि बढेको छ ।
बिहान १० बजेबाट सुरु भएको मतदानमा दिउँसो १२ बजेसम्म ६०३ जनाले मतदान गरिसकेको निर्वाचन आयोगले जनाएको छ । महाधिवेशनमा कूल १ हजार ७ सय ६४ प्रतिनिधिहरूले मतदान गर्नेछन् ।
Comments
अरु समाचार
-
प्रधानमन्त्री कार्कीलाई भेट्न बालुवाटार पुगे कांग्रेस सभापतिसहितका नेता
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न बालुवाटार पुगेका छन् । सभापति थापासँगै उपसभापतिद्वय विश्वप्रकाश शर्मा...
-
राजस्वका तत्कालीन महानिर्देशक अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर, ७० लाख रुपैयाँ घूस लिएको खुल्याे
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अधिकारीमाथि...
-
कांग्रेसले टुङ्ग्यायो समानुपातिकतर्फका २० जना सांसदको नाम
काठमाडौँ । नेपाली कांग्रेसले समानुपातिकतर्फका २० जना सांसदको नाम टुङ्ग्याएको छ । आइतबार कांग्रेस पार्टी कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको...
-
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज, समानुपातिक सांसदको टुंगो लगाउने
काठमाडौँ– नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्नेछ ।...
-
एमालेले टुंग्यायो समानुपातिक सांसद, क-कसको नाम चयन ?
काठमाडौं । नेकपा (एमाले) ले समानुपातिक सांसदको सूची टुंग्याएको छ । शनिबार भक्तपुरको गुण्डुस्थित पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवासमा...
-
पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । केपी शर्मा...
-
पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओलीलाई पितृ शोक
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक परेको छ । उनका पिता मोहनप्रसाद ओलीको...
-
किशोरी साहको नाम कालोसूचीमा नराख्न सर्वोच्च अदालतले दियो आदेश
काठमाडौं । सर्वोच्च अदालतले धनुषा-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बनेका किशोरी साहको नाम कालोसूचीमा नराख्न अन्तरिम आदेश जारी गरेको...
-
समानुपातिकतर्फको मतगणना सम्पन्न, रास्वपाले ल्यायो ५१ लाख ३९ हजार भोट
काठमाडौँ । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको मतगणना सम्पन्न भएको छ ।पछिल्लो समय गोरखा...













