युवा सङ्घको महाधिवेशन: फर्जी प्रतिनिधि भेटिएकोमा पुरि पक्षको अपत्ति
काठमाडौं । पोखरामा जारि राष्ट्रिय युवा सङ्घ नेपालको १० औँ महाधिवेशनबाट नयाँ नेतृत्व छनोट गर्न भइरहेको मतदानमा फर्जी प्रतिनिधि कार्डको प्रयोग भएपछि केहीबेर अवरुद्ध भएको मतदान प्रक्रिया पुन सुरु भएको छ ।
पर्यटकीय राजधानी पोखराको सभागृहमा सोमबार बिहान १० बजेबाट सुरु भएको मतदानका क्रममा रौतहटका प्रतिनिधि शेख जैद आलमको नाममा बनाइएको कार्डमा अर्कै व्यक्तिको फोटो टाँसिएको फेला परेको थियो । उक्त कार्ड प्रयोग गरी भोट हाल्न खोजिएपछि अन्य प्रतिनिधिहरूले अवरोध गरेका थिए ।
उक्त कार्यको अध्यक्षका उम्मेदवार सुमन पुरिले विरोध समेत जनाएका छन् । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले लेखेका छन्,
”स्वस्थ प्रतिस्पर्धा यही हो त?एक जना मान्छे उपस्थित छैन, उसको नाममा कार्ड बनाइन्छ। कार्डमा फोटो टाँसिन्छ।त्यही कार्ड लिएर अर्का मान्छे मतदान गर्न आउँछ, फर्काइन्छ।पछि “प्रतिनिधि व्यवस्थापन” ले फेरि अर्को कार्ड बनाएर पठाउँछ।यो के हो?
हारको डरले ?
यति गम्भीर बेइमानी,
अनि पनि जित्नुपर्छ भन्ने लोभ ?”
निर्वाचन समितिले तत्काल मतदान प्रक्रिया स्थगित गर्दै छानबिन अघि बढाएको थियो । अहिले डिजिटल कार्ड भएका प्रतिनिधिहरूले मात्र मतदान गर्न पाउने निर्णय भएपछि मतदान अघि बढेको छ ।
बिहान १० बजेबाट सुरु भएको मतदानमा दिउँसो १२ बजेसम्म ६०३ जनाले मतदान गरिसकेको निर्वाचन आयोगले जनाएको छ । महाधिवेशनमा कूल १ हजार ७ सय ६४ प्रतिनिधिहरूले मतदान गर्नेछन् ।
Comments
अरु समाचार
-
ओली घेराबन्दीमा पर्दा राजेन्द्र गाैतम बने उपमहासचिवका स्वतन्त्र उम्मेदवार, थालियो मत माग्न
काठमाडाैं । नेकपा एमालेको ११ औं महाधिवेशनमा संखुवासभाका भद्र नेता राजेन्द्रप्रसाद गाैतम स्वतन्त्रबाट उपमहासचिवको उम्मेदवार बनेका छन् । एमाले अध्यक्ष...
-
उपाध्यक्षमा प्रस्तावित ज्ञवालीले किन दिए केन्द्रीय सदस्यमा उम्मेदवारी ?
काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले उपाध्यक्षमा उम्मेदवारी मनोनयन गर्न अश्वीकार गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीको टिमबाट...
-
एमाले महाधिवेशन : ओली र पोखरेलका उम्मेदवार, कुन पदमा को–को भिड्दै छन् ?
काठमाडौं । नेकपा एमालेमा ११ औं महाधिवेशनमा भिड्ने दुवैतर्फका पदाधिकारीहरूको टुंगो लागेको छ । पदाधिकारीमा अध्यक्ष केपी ओलीको संस्थापनले १९...
-
एमाले महाधिवेशन : चुनावी प्रक्रिया सुरु !
काठमाडौं । काठमाडौंमा जारी नेकपा एमालेको एघारौं राष्ट्रिय महाधिवेशनको चुनावी प्रक्रिया सुरु भएको छ । सल्लाघारीमा उद्घाटन भएको महाधिवेशनको भृकुटीमण्डपमा...
-
एमाले केन्द्रीय सदस्यमा अम्बिरबाबु गुरुङको उम्मेदवारी घोषणा
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा केन्द्रीय सदस्यमा अम्बिरबाबु गुरुङले उम्मेदवारी घोषणा गरेका छन् । करिब ४ दशक लामो...
-
न्यायाधीशमाथिको आक्रमण पूर्वाग्रह र प्रतिशोधपूर्णः न्यायाधीश समाज नेपाल
काठमाडौं । न्यायाधीश समाज नेपालले मुद्दामा भएको फैसलाकै आधारमा न्यायाधीशमाथि गरिँदै आएको टिप्पणी पूर्वाग्रहपूर्ण र प्रतिशोधपूर्ण भएको जनाएको छ। समाजले...
-
एमाले महाधिवेशनमा नयाँ नेतृत्व चयन गर्न आज उम्मेद्वारी दर्ता
काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु भइसकेको छ । निर्वाचन समितिले सार्वजनिक...
-
निर्वाचन ८० दिन बाँकी : चुनावी खर्च पारदर्शी बनाउने आयोगको प्रस्ताव
काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय गरेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तय गरेको र हाल राय...
-
एमाले महाधिवेशनः गठन भयो माइन्युट कमिटी, के गर्नेछ काम ?
काठमाडौं । नेकपा (एमाले)ले एघारौँ महाधिवेशनको निर्णय र छलफलहरूलाई औपचारिक रूपमा अभिलेखीकरण (माइन्युट) गर्न माइन्युट कमिटी गठन गरेको छ। महाधिवेशनअन्तर्गत...













