ताजा समाचार

आज बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । आज साताको अन्तिम कारोबार दिन नेपाली बजारमा सुनको मूल्य सामान्य रूपले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा १ लाख ८८ हजार ५ सय रुपैयाँ पुगेको छ। चाँदीको मूल्य भने केही घट्दै तोलामा १ हजार ९८० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ।

बिहीबारको तुलनामा सुनको मूल्य ७ सय रुपैयाँले बढेको हो। बिहीबार छापावाल सुन १ लाख ८७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, बिहीबार चाँदीको मूल्य १ हजार ९९५ रुपैयाँ रहेको थियो, जसअनुसार आज चाँदी १५ रुपैयाँले घटेको हो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org