ताजा समाचार

मोओवादी ‘व्याक’ नहुने, गृहमन्त्रीले राजिनामा नदिएसम्म सदन चल्न नदिने !

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म संसद् चल्न नदिने अडान कायमै राखेको छ ।

आज शुक्रबार माओवादी अध्यक्ष पुष्पकलम दाहाल ‘प्रचण्ड’निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले गृहमन्त्री लेखकले भिजिट भिसा प्रकरण छानबिनका लागि राजीनामा नदिएसम्म संसद् चल्न नदिने निर्णय गरेको हो ।

माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले पदाधिकारी बैठकले गृहमन्त्री लेखकले राजीनामा नदिएसम्म बजेटमाथिको छलफल अगाडि बढ्न नदिने निर्णय गरेको जानकारी दिए ।

संवैधानिक प्रावधानअनुसार बजेट प्रस्तुत गर्न दिए पनि अब बजेटमाथिको छलफल अगाडि बढाउन नदिने माओवादी प्रवक्त अग्नि सापकोटाले जनाएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org