अकबरे खुर्सानीको मूल्य हालसम्मकै उच्च
खोटाङ : अकबरे खुर्सानीको मूल्य यहाँ हालसम्मकै उच्च भएको छ । सदरमुकाम दिक्तेल बजारमा अकबरे खुर्सानी प्रतिकिलो रु एक हजारमा बिक्री भइरहेको छ । दिक्तेलका व्यापारीले गाउँका कृषकबाट प्रतिकिलो रु ७०० देखि ८०० सम्ममा खरिद गरी ग्राहकलाई रु एक हजारमा बिक्री गर्ने गरेका छन् । मूल्य महङ्गो भएपनि स्वादिलो र औषधीय गुण भएकाले उपभोक्ताले अकबरे खरिद गरिरहेका छन् ।
अकबरे खुर्सानीको बेमौसमी खेती गरेर हाल हप्तामा १४/१५ किलो बिक्री गरिरहेको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका इन्द्रबहादुर श्रेष्ठले बताउनुभयो । “मैले यस वर्ष करिब एक हजार २०० बोट अकबरे खुर्सानीको बिरुवा रापेको छु । अहिले हप्तामा १४/१५ किलो उत्पादन दिन थालेको छ”, उहाँले भन्नुभयो, “जिल्लामा अकबरे खुर्सानीको माग राम्रो छ । आगामी दिनमा बेमौसमी अकबरे खुर्सानी खेतीलाई थप विस्तार गर्ने योजनामा छु ।”
दिक्तेल बजारमा खाल्ले, बुइपा, बाम्राङ, लफ्याङ, सोल्मा, नेर्पा र दोर्पाका कृषकले उत्पादन गरेका खुर्सानीका साथै तरकारी खपत हुने गरेको छ । व्यावसायिक तरकारी खेती गर्ने सीमित कृषकले राम्रो आम्दानीसमेत गर्दै आएका छन् ।जिल्लामा अकबरे खुर्सानीसँगै सबै प्रकारका तरकारी तथा फलफूलको मूल्य हालसम्मकै उच्च बनेको भएको छ । कृषकका लागि भनेर सरकारले उपलब्ध गराउँदै आएको अनुदान नेताका नजिकका व्यक्तिले लिने र खेती नगरी फरफारक गर्नाले जिल्लामा तरकारी तथा फलफूलको मूल्य उच्च भएको उपभोक्ताको गुनासो छ ।
दिक्तेलमा हाल गोलभेडा प्रतिकिलो रु १५०, कन्य च्याउ प्रतिकिलो रु ३००, प्याज प्रकिकिलो रु ९०, आलु प्रतिकिलो रु ६०, बन्दागोभी प्रतिकिलो रु ४० तथा काउली प्रतिकिलो रु १५० रहेको छ । सरकारी अनुदानमा वास्तविक कृषकको पहुँच नपुगेसम्म तरकारीको मूल्य अझै आकाशिने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका अगुवा कृषक गङ्गाबहादुर विश्वकर्मा बताउनुहुन्छ ।
जिल्लामा उत्पादित फलफूल तथा तरकारीको मूल्य वृद्धि भएपछि तराईका विभिन्न जिल्लाबाट ल्याइएका तरकारी र फलफूलले बजार भरिएको छ । तराईबाट सस्तो मूल्यमा खरिद गरेर ल्याइएको तरकारी तथा फलफूल बिना विषादी परीक्षण खुलेआम बिक्री भइरहँदा सम्बन्धित निकाय मौन छन् ।
Comments
अरु समाचार
-
निगमकाे स्पष्टाेक्ति : १५ दिनमा सात अर्ब ८१ करोड ६१ लाख रुपैयाँ घाटा
काठमाडाैं । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढ्दै जाँदा घाटा व्यहोर्नु परिरहेको जनाएको छ ।पछिल्लो समय...
-
पूर्वाधारका पर्खाइमा सोवाङधुरी, हिमाल र सुर्योदय हेर्न आकर्षकस्थल
म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा रहेको सोवाङधुरी पर्यटक र पूर्वाधारका पर्खाइमा छ । समुन्द्रि सतहदेखि तीन हजार ९४० मिटर...
-
खाना पकाउने ग्याससहित सबैजसो पेट्रोलियम पदार्थको भाउ बढ्यो
काठमाण्डौ - नेपाल आयल निगमले खाना पकाउने एलपी ग्याससहित सबैजसो पेट्रोलियम पदार्थको भाउ फेरि बढाएको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम...
-
जुम्लाबाट एक वर्षमा तीन करोड बढी मूल्यको मार्सी चामल बिक्री
जुम्ला । जुम्लाबाट एक वर्षमा करिब १७५ मेट्रिक टन मार्सी धानको चामल जिल्ला बाहिर बिक्रीका लागि पठाइएको छ । बाहिरिएको...
-
सुन तस्करी प्रकरण: महरा र भन्सारका कर्मचारीसहित २८ जनाविरूद्ध मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युतीय चुरोट (भेप) मार्फत सुन तस्करी र त्यसको सट्टापट्टा गरी भ्रष्टाचार गरेको अभियोगमा पूर्वसभामुख...
-
को हुन् एफएनसीसीआईको एशोसिएट सदस्यमा उम्मेदवारी दिएका बलराम सापकोटा ?
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को आसन्न ६०औं वार्षिक साधारण सभा तथा निर्वाचनका लागि व्यवसायी बलराम सापकोटाले एशोसिएट (खुल्ला)...
-
आर्थिक विकासका लागि साझा दृष्टिकोण बनाउन उद्योग वाणिज्य महासंघका अध्यक्ष ढकालको जोड
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र र सञ्चार क्षेत्रबीचको सहकार्यलाई सुदृढ गर्दै आर्थिक विकासका लागि...
-
ट्रम्पले इरानमाथि सैन्य कारबाही रोकेपछि कच्चा तेलको मूल्यमा ठूलो गिरावट
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि गर्ने भनिएको सम्भावित ठूलो आक्रमणलाई दुई हप्ताका लागि रोक्ने निर्णय गरे । सो...
-
FNCCI को नेतृत्वमा बटु लामिछानेलाई किन दिने भोट ? ‘बोल्ने मात्र होइन, काम गर्ने व्यक्तित्व’
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) को आगामी ६० औँ महाधिवेशनको चुनावी सरगर्मी बढेसँगै निजी क्षेत्रका मुद्दा बुझेका र...












