इजरायलले गर्यो इरानमा हमला, आक्रमणबारे अहिलेसम्म हामीलाई के थाहा छ ?
काठमाडाैं । इजरेलले इरानको परमाणु कार्यक्रमहरूमा हमला गरेको इजरेली डिफेन्स फोर्सले बताएको छ । इरानको राजधानी तेहरानका विभिन्न स्थानमा विस्फोटका आवाजहरू सुनिएका छन्।
इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहुले उक्त हमला ‘अपरेशन राइजिङ लाइअन’ नाम दिइएको सैन्य कार्वाही को एक भाग भएको भन्दै इरान इजरेलको “अस्तित्वको लागि” खतरा भएको बताएका छन्।
नेतान्याहूले इरानविरुद्ध आवश्यकता परुन्जेल आक्रमण जारी रहने जिकिर गरेका छन् । उनले इरानको परमाणु प्रशोधन केन्द्रको मुटुमा प्रहार गरेको भन्दै इजरायली सेनालाई धन्यवाद समेत दिएका छन् ।
इजरेलले जबाफी हमलाको अपेक्षा गर्दै देशमा संकटकालको घोषणा गरेको छ।
इरानको रिभोलुशनरी गार्डस्को मुख्यालयमा इजरेली हमला भएको इरानी सरकारी सञ्चार माध्यमले जनाएको छ। स्थानीय मिडियाले पनि त्यहाँ आगो लागेको र धुवाँ आइरहेको जनाएका छन्।
इरानको प्रतिक्रिया के छ ?
इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनेइले हमला गरेर इजरेलले उसको ‘नीच स्वभाव’ प्रकट गरेको भनेर टिप्पणी गरेका रोएटर्स समाचार संस्थाले उल्लेख गरेको छ।
‘हमला गरेर इजरेलले आफ्नो निम्ति दुर्भाग्य निम्त्याएको र त्यो अवश्यम्भावी रहेको’ इरानी सर्वोच्च नेताले बताएको उल्लेख छ।
अमेरिकामाथि आरोप
इरानको सैन्य फौजका एक प्रवक्ताले ‘इजरेलले अमेरिकाको सहयोगमा आफ्नो देशमा आक्रमण गरेको’ बताएको इरानी सरकारी सञ्चार माध्यमहरूले जनाएका छन्। तर यसअघि अमेरिकी विदेशमन्त्री मार्को रुबियोले ती हमलामा ‘वाशिङ्टन सामेल नभएको’ दाबी गरेका थिए ।
इजरायली आक्रमणमा परेर इरानको शक्तिशाली सैन्य संगठन इस्लामिक रिभोलुसनरी गार्ड कोर (आइआरजिसी)का प्रमुख मारिएको अलजजीराले बताएको छ। शुक्रबार बिहान इजरायलले गरेको आक्रमणमा आइआरजिसीका कमान्डर इन् चिफ मेजर जनरल हुसेन सलामीको मारिएको बताइएको छ।
विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले इरानको सरकारी टेलिभिजनलाई उद्धृत गरेर आइआरजिसी हुसेन मारिएको बताएका हुन्।
उनलाई इरानका सर्वोच्च नेता आयतोल्लाह अल खामेनीले सन् २०१९ मा आइआरजिसीका कमान्डर इन् चिफ नियुक्त गरेका थिए।
शुक्रबार बिहान इसराइलले आइआरजिसीको मुख्यालयमै हवाई आक्रमण गरेको बताइएको छ। सोही आक्रमणमा उनको मृत्यु भएको बताइएको छ।
Comments
अरु समाचार
-
दुबई विमानस्थल नजिक ड्रोन आक्रमण, उडान सेवा प्रभावित
दुबई । दुबईमा रहेको अन्तर्राष्ट्रिय विमानस्थल नजिक ड्रोन सम्बन्धी घटना भएपछि सोमबार केही समयका लागि सबै उडानहरू अस्थायी रूपमा रोकिएका...
-
पेट्रोलमा १५ रुपैयाँ र डिजेल र मट्टीतेलमा १० रुपैयाँ बढ्यो
काठमाडाैँ । मध्यपूर्वी क्षेत्रमा तनाव चर्किरहेका बेला नेपालमा पेट्रोलियम पदार्थको मूल्य बढेको छ। नेपाल आयल निगमले एकैपटक पेट्रोलमा प्रतिलिटर १५...
-
न्यायाधीश पाखरेलले स्वार्थ बाझिने रवि लामिछानेको मुद्धा हेर्न किन गरे जोड ?
काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीश सुनिल पोखरेलले स्वार्थ बाझिने रवि लामिछानेको मुद्धा हेर्न जोड दिएका छन् । न्यायाधीश पाखरेलले स्वार्थ...
-
पूर्वी नाकाबाट भित्रिए छ हजार ७९१ पर्यटक
झापा । पूर्वी नाका काँकडभिट्टा हुँदै आठ महिनामा छ हजार ७९१ तेस्रो मुलुकका पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन कार्यालय...
-
प्रधानमन्त्री कार्कीलाई भेट्न बालुवाटार पुगे कांग्रेस सभापतिसहितका नेता
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न बालुवाटार पुगेका छन् । सभापति थापासँगै उपसभापतिद्वय विश्वप्रकाश शर्मा...
-
राजस्वका तत्कालीन महानिर्देशक अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर, ७० लाख रुपैयाँ घूस लिएको खुल्याे
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अधिकारीमाथि...
-
कांग्रेसले टुङ्ग्यायो समानुपातिकतर्फका २० जना सांसदको नाम
काठमाडौँ । नेपाली कांग्रेसले समानुपातिकतर्फका २० जना सांसदको नाम टुङ्ग्याएको छ । आइतबार कांग्रेस पार्टी कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको...
-
ग्यासको अनावश्यक भण्डारण नगर्न निगमको अनुरोध
काठमाडौं । नेपाल आयल निगमले आवश्यकताअनुसार मात्र एलपी ग्यास खरिद गर्न र अनावश्यक भण्डारण नगर्न सबैमा अनुरोध गरेको छ ।...
-
मनकामना मन्दिरबाट फर्किँदै गरेको माइक्रो दुर्घटना, ७ जनाको घटनास्थलमै ज्यान गयो
गोरखा । मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गरेको विद्युतीय माइक्रोबस गोरखामा दुर्घटनामा पर्दा ७ जनाको ज्यान गएको छ । शनिबार...












