ताजा समाचार

इरानमाथि इजरायलले आक्रमण गरेर सार्वभाैमिकताको हनन गर्‍योः चीन

काठमाडाैं । इजरायलले इरानमा आक्रमण गरेपछि चीनले आक्रमणको कडा निन्दा गरेको छ ।

संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्को आपतकालीन बैठकमा चीनका प्रतिनिधि फू कोङले इजरायलले इरानको सार्वभाैमिकताको उल्लङ्घन गरेको भन्दै कडा शब्दमा निन्दा गरेका छन् ।

अलजजिराका अनुसार फोङले इजरायलले इरानको सार्वभाैमिकतामाथि प्रहार गरेको भन्दै यसको विरोध गरेका हुन् ।

सुरक्षा परिषद्को बैठकमा फूले इरानको सुरक्षा र भौगलिक अखण्डताको हनन भएको बताएका छन् ।

फूलेले आणविक आणविक ऊर्जाको शान्तिपूर्ण प्रयोग गर्न पाउने इरानको अधिकारलाई सम्मान गर्नुपर्ने पनि बताए । चीन तेहरानको एक प्रमुख साझेदार हो । विशेषगरी, ऊर्जा र पूर्वाधारका क्षेत्रमा दुई देश साझेदारी गर्दै आएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org