बेलिब्रिज भाँचिदा घाइते भएका तीन जना कामदारको मृत्यु !
काठमाडौं । मेची राजमार्गअन्तर्गत पाँचथरको हेंवाखोलामा निर्माणाधीन बेलिब्रिज भाँचिएर भएको दुर्घटनामा घाइते भएका तीन जना कामदारको गएराति मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक कौशलकुमार बुढाथोकीका अनुसार बेलिब्रिज भाँचिदा घाइते भएका बाराको सिमरा उपमहानगरपालिका–१२ का २२ वर्षीय रुपलाल चौधरी, २७ वर्षीय राजन चौधरी र २२ वर्षीय राकेश चौधरीको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूलाई जिल्ला अस्पतालले थप उपचारका लागि नोबेल मेडिकल कलेज तथा शिक्षण अस्पताल विराटनगर रेफर गरेको थियो ।
जाँचका क्रममा नोबेल मेडिकल कलेज तथा शिक्षण अस्पतालका चिकित्सकले गए राति तीनै जनालाई मृत घोषणा गरेको प्रनाउ बुढाथोकीले जानकारी दिनुभयो । मृतकका शव सोही अस्पतालमा रहेको उहाँले बताउनुभयो ।
मेची राजमार्गअन्तर्गत पाँचथरको हेंवा खोलामा सडक विभागअन्तर्गत सडक डिभिजन कार्यालय इलामले ७० मिटर लामो मोडूलार बेलिब्रिज निर्माण गरिरहेको थियो । हेंवा खोलाको फिदिम नगरपालिकातर्फको भागमा बेलिब्रिज जडान गरी स्काभेटरको सहायताले ठेलेर खोला पारिपट्टि हिलिहाङ गाउँपालिकातर्फ टेकाइएको थियो ।
फिदिमतर्फको भागको भार अत्यधिक हुँदा बेलिब्रिज भाँचिएको प्रत्यक्षदर्शीको भनाइ छ । बेलिब्रिज भाँचिदा जडानको काम गरिरहेको छ जना कामदार बेलिब्रिजसँगै खोलामा झरेर घाइते भएका थिए ।
२०८० असार २ गते आएको बाढीले यहाँ रहेको ४५ मिटर लामो सडक पुल बगाएपछि सोही वर्षको साउनमा सोही स्थानमा करिब ५० मिटर लामो बेलिब्रिज जडान गरिएको थियो । तर सो बेलिब्रिज गत असोज १२ गते आएको बाढीले बगाएपछि करिब ९० मिटरमुनि नयाँ बेलिब्रिज निर्माण गरिरहेकामा कार्य सम्पन्न हुन लाग्दा भाँचिएको जनाइएको छ ।
उक्त बेलिब्रिज भारत सरकारले अनुदानमा उपलब्ध गराएको थियो भने संरचना निर्माण तथा जडान तीन करोड ४९ लाख रुपैयाँको लागतमा सुपर सौगात लाइट बिल्डर्स जेभीले गरिरहेको थियो ।
Comments
अरु समाचार
-
राखेपलाई चीनले दियो ८५ लाखबराबरको खेलकुद सामग्री !
काठमाडौं । चीनको युनान प्रादेशिक खेलकुद ब्युरोले राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई खेल सामग्री तथा स्वास्थ्य परीक्षण उपकरण हस्तान्तरण गरेको...
-
भगवती न्यौपाने सामान्य प्रशासनमन्त्री नियुक्त (यस्तो छ मन्त्रिपरिषद्)
काठमाडौं । राष्ट्रियसभा सदस्य भगवती न्यौपाने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा नियुक्त भएकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको...
-
यस्तो बन्यो मदन जयन्ती मूल व्यवस्थापन समिति (सूचीसहित)
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको राजनीतिमा सक्रिय भएसँगै मदन भण्डारी फाउण्डेशनले देशव्यापी अभियान थालेको छ । यसको पहिलो चरणमा...
-
‘संसद विघटन संविधान बमोजिम नै सदर गरेकी हुँ’ : पूर्वराष्ट्रपति भण्डारी
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो कार्यकालमा भएको २ पटकका संसद विघटन दबाबमा नभएर संवैधानिक कानूनी व्यवस्थाअनुसार नै गरेको प्रष्ट...
-
मुस्ताङको कोराला नाका पूर्ण सञ्चालनमा ल्याइन्छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यक संरचना र पूर्वाधार निर्माणसहित मुस्ताङको कोरालानाका पूर्ण सञ्चालनको तयारी भइरहेको बताएका छन् ।...
-
घुस डिलले डुबायो, मन्त्री गुप्ताले राजीनामा दिए !
काठमाडौं । घुस ‘डिल’ अडिओ प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका छन् । मन्त्री गुप्ताले...
-
फ्लड लाइट जडानमा सेटिङ जालोः समय सकियो, ठेकेदारले टेरेनन् सरकार !
काठमाडौं । क्रिकेट रंगशालामा फ्लड लाइट जडान हुने विषयले खुशी दिलाएका क्रिकेटप्रेमीहरुका लागि फ्लड लाइटमा हुन थालेको झेलले ठूलो झड्का...
-
जिल्लाभरिका छाउगोठ भत्काउन निर्देशन
काठमाडौं । कञ्चनपुरको कृष्णपुर नगरपालिकामा छाउगोठमा सुतेकी महिलाको सर्पले टोकेर मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले ९ वटै पालिकालाई पत्राचार...
-
सिद्धबाबा सुरुङमार्गः भौतिक प्रगति ५७ प्रतिशत
काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गको काम अहिले तीव्र गतिमा भइरहेको छ । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ...