‘आवश्यक नभएसम्म इजरायल र इरानमा यात्रा नगर्नू’
काठमाडाैं । नेपाल सरकारले आवश्यक नभएसम्म इजरायल र इरानमा यात्रा नगर्न आग्रह गरेको छ। परराष्ट्र मन्त्रालयले ‘ट्राभल एडभाइजरी’ जारी गर्दै इजरायल र इरानबीच द्वन्द्व बढेकाले त्यस क्षेत्रकाे भ्रमण, ट्रान्जिट वा कामको लागि जाने तयारी गरिरहेकालाई हालको संवेदनशील अवस्थालाई ध्यानमा राखी योजना स्थगित गर्न आग्रह गरेको हाे ।
विज्ञप्तिमा भनिएको छ, ‘हालको असहज परिस्थितिमा इजरायल वा इरान बाहेकका मध्यपूर्वीय मुलुकतर्फको भ्रमण तथा वैदेशिक रोजगारीका लागि जान लागेका नेपाली नागरिकहरुले पनि यात्रा स्थगन गर्नु उपयुक्त हुनेछ।’
साथै मन्त्रालयले इजरायल र इरानमा रहेका नेपाली नागरिकहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। हाल इजरायल र इरानबीच द्वन्द्व बढेकाले त्यहाँ रहेका नेपाली नागरिकहरूले सुरक्षाको पूर्ण ध्यान दिन, सम्भव भएसम्म भिडभाडयुक्त ठाउँमा नजान र स्थानीय सुरक्षासम्बन्धी निर्देशनको पालना गर्न अनुरोध गरेको छ। साथै आवश्यक भएमा त्यहाँबाट निस्कन समेत सल्लाह दिइएको छ।
विशेष गरी इजरायल र इरानमा कार्यरत वा अध्यनरत नेपाली नागरिकहरूलाई निर्धारित समय बाहेक बाहिर ननिस्कन, दूतावास राजदूतावासको सम्पर्कमा रहन र नियमित रुपमा सार्वजनिक सूचना तथा सल्लाहहरू अनुगमन गर्न भनिएको छ। मन्त्रालयले यसबाहेक इजरायल तथा इरान जाने तयारीमा रहेका नेपाली नागरिकहरूले हालको अवस्था ध्यानमा राखेर यात्रा योजनालाई पुनरावलोकन गर्न सुझाव दिएको छ।
Comments
अरु समाचार
-
मुस्ताङको कोराला नाका पूर्ण सञ्चालनमा ल्याइन्छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यक संरचना र पूर्वाधार निर्माणसहित मुस्ताङको कोरालानाका पूर्ण सञ्चालनको तयारी भइरहेको बताएका छन् ।...
-
घुस डिलले डुबायो, मन्त्री गुप्ताले राजीनामा दिए !
काठमाडौं । घुस ‘डिल’ अडिओ प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका छन् । मन्त्री गुप्ताले...
-
फ्लड लाइट जडानमा सेटिङ जालोः समय सकियो, ठेकेदारले टेरेनन् सरकार !
काठमाडौं । क्रिकेट रंगशालामा फ्लड लाइट जडान हुने विषयले खुशी दिलाएका क्रिकेटप्रेमीहरुका लागि फ्लड लाइटमा हुन थालेको झेलले ठूलो झड्का...
-
जिल्लाभरिका छाउगोठ भत्काउन निर्देशन
काठमाडौं । कञ्चनपुरको कृष्णपुर नगरपालिकामा छाउगोठमा सुतेकी महिलाको सर्पले टोकेर मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले ९ वटै पालिकालाई पत्राचार...
-
सिद्धबाबा सुरुङमार्गः भौतिक प्रगति ५७ प्रतिशत
काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गको काम अहिले तीव्र गतिमा भइरहेको छ । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ...
-
साफ यू–२० महिला च्याम्पियनसिप: नेपालले तेस्रो खेल श्रीलंकासँग खेल्दै
काठमाडौं । नेपालले आज साफ यू–२० महिला च्याम्पियनसिपको आफ्नो तेस्रो खेल श्रीलंकासँग खेल्दै छ । बंगलादेशमा जारी प्रतियोगितामा नेपाल र...
-
बीपी राजमार्गमा पूर्णरुपमा अवरुद्ध
काठमाडौं । निरन्तरको वर्षाका कारण सोमबार राति आएको बाढी र केही ठाउँमा खसेको पहिरोले बीपी राजमार्ग अवरुद्ध भएको छ ।...
-
विभिन्न ठाउँमा भारी वर्षा हुने, ३६ जिल्ला बाढीको जोखिममा
काठमाडौं। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरेसँगै पूर्वी नेपाल नजिक पुगेको छ, जसको प्रभावले देशका विभिन्न भागमा वर्षा तीव्र हुने...
-
आज संसद्को दुवै सदनको बैठक, यस्तो छ कार्यसूची
काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज दिउँसो १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा उपप्रधानमन्त्री...