ताजा समाचार

ओली देउवाबीच सघन छलफल, के भयो कुराकानी ?

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री केपी ओलीसंग भेट्न दलबलसहित पुगेका छन् ।

बुधबार साँझ पार्टी देउवा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु देउवा राणा र ऊर्जामन्त्री दीपक खड्कालाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्न पुगेका हुन्। 

छलफलमा एमालेका तर्फबाट ओली र उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल सहभागी थिए।  

वालुवाटार बैठकमा ओलीले संसद सञ्चालन, संवैधानिक नियुक्ति, निजामती विधयेक लगाएत विषयमा छलफल गरेको स्रोतले बताएको छ ।

प्रधानमन्त्री ओलीले सरकारबारे बाहिर चलिरहेका हल्लाबारे कांग्रेले स्पष्ट धारणा राख्नुपर्नेमा समेत जोड दिएको बताइएको छ । उसोत: कांग्रेसले पनि सत्ता सहकार्यमा कटिबद्ध रहेको भनेको बताइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org