भिजिट भिसामा सेटिङः नारायणकाजीको ६ बुँदे खेलोफड्को र रवि कनेक्सन !
काठमाडाैं । भिजिट भिसा प्रकरणलाई व्यवस्थित पार्दै आर्थिक अशुलीलाई चेन अफ कमाण्डमा लैजाने तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठले कार्यकालको केहि समय पहिलेमात्रै ६ बुँदे जारी गरेको पाइएको छ ।
कांग्रेस सांसद सुनिल शर्माले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकलाई भन्दा पहिले नारायणकाजी श्रेष्ठलाई अनुसन्धान गर्नुपर्नेमा जोड दिएका छन् । नारायणकाजीले भिजिट भिसालाई व्यवस्थित र संगठित पारेको दाबी गरेका सांसद शर्माले नारायणकाजीमाथि गम्भीर अनुसन्धानको माग गरिरहेका छन भने उनको नियतमाथि समेत गम्भीर प्रश्न उठाइरहेका छन् ।
उपप्रधानसहित गृहमन्त्री बनेका तत्कालीन मन्त्री नारायणकाजी श्रेष्ठले २०८० माघ १० गते ६ बुँदे जारी गर्दै भिजिट भिसामा कडाई गरेजसरी काम अघि बढाएर अशुलीलाई व्यवस्थित पार्ने बाटो खोलेको पाइएको हो । ६ बुँदेमा स्वघोषणादेखि ५ सय अमेरिकी डलर सटहीलाई प्राथमिकता दिएका थिए ।
सामान्य मानिस विदेश भ्रमणमा जाने विषयलाई कडाई गर्दै भिजिट भिसा सेटिङमा संस्थागत रुपमै अशुली सहज हुने वातावरण तयार पारेको स्रोतको दाबी छ। २०७९ पुस १० गते प्रधानमन्त्री बनेका प्रचण्ड २०८१ असार ३१ सम्म पदमा रहे । त्यो बीचमा नारायणकाजी गृह, परराष्ट्र जस्ता मन्त्रालय सम्हाल्न पुगे । तर, गृहमा उनले २०७९ चैत्र १७ गतेदेखि २०८० फागुन २१ गतेसम्म पद सम्हालेका थिए ।
गृहमन्त्री हुँदा हाइहाई कमाएका श्रेष्ठले कतै कस्ने, कतै फस्ने निर्णय गरेको स्रोतको दाबी छ । उनले गृहमन्त्री हुँदा भिजिट भिसा सेटिङ प्रकरणलाई व्यवस्थित पार्दै लगेको गृहकै एक कर्मचारीले बताएका छन् ।
उसतोः नारायणकाजी श्रेष्ठविरुद्ध अख्तियारले समेत अुनसन्धान गरिरहेको स्रोतको दाबी छ । अख्तियारले भिजिट भिसा प्रकरणमा मिहिन अनुसन्धानको काम गरिरहेको बेला अनुसन्धानको सुई नारायणकाजी श्रेष्ठसम्म पुगेपछि यो विषयलाई थप विश्लेषणात्मक ढंगले अनुसन्धानको दायरा फराकिलो बनाउदै लगेको स्रोतले न्यूज नेपाललाई बताएको छ ।
भिजिट भिसालाई संगठित रुपमा अशुलीको माध्यम बनाउन नारायणकाजीको सचिवालय नै सक्रिय रहेको स्रोतको दाबी छ । सागदी मन्त्री भन्दै उनीहरुले अनाैठो सेटिङ थिति बसाएको गृहप्रशासनका कर्मचारीहरुले नै कानेखुसी गर्ने गरेका छन् । सचिवालयले अर्जुनदृष्टीका साथ सेटिङमा काम गरेपनि यसको प्रभावकारी नियन्त्रण भने हुन नसकेको बताइन्छ ।
श्रेष्ठले भिजिट भिसालाई कडाई गर्न भन्दै संयुक्त अरब ईमिरेटस्, वहराईन, कुवेत, कतार, ओमन र साउदी अरेविया जस्ता मुलुकमा जान कडाई गरेका थिए । सर्वसाधारण सेटिङ बिना जानै नसक्ने स्थिति बनाएर अशुली धन्धालाई व्यवस्थित पारेपछि सेटिङको रकम ह्वारह्वार्ति आउन थालेको स्रोतको दाबी छ ।
‘भिजिट भिसामा पहिले पनि सेटिङ हुने गरेको थियो । तर, त्यो व्यवस्थित थिएन् । एउटाले अशुली गर्ने अनि अर्कोले भाग नपाउँदा सूचना चुहिने अनि पक्राउ पर्नेक्रम चलिरहन्थ्यो । श्रेष्ठले यसलाई व्यवस्थित पार्दै तलदेखि माथिसम्म ओहोदाअनुसारको रकम मिलाएर यस्ता सूचना आउन नै बन्दप्रायः पारिदिए । भिजिट भिसा प्रकरणमा विभिन्न सांकेतिक कोडदेखि सहजताका लागि अशुली समिति नै आन्तरिक रुपमा गठन गर्न थालियो । यसले सेटिङबाट सर्वसाधारणलाई प्रातडाना दिने काम तीब्र बन्यो ।’ गृहप्रशासनका एक उच्च अधिकारीले न्यूज नेपालसंग भने ।
नारायणकाजीपछि २०८० फागुन २३ गते गृहमन्त्री बन्न पुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पनि त्यहि विषयलाई निरन्तरता दिए । उनी २०८१ असार ३१ सम्म छोटो समय गृहमन्त्री बनेपनि अशुली धन्दालाई निरन्तरता दिन पुगे ।
उसोतः रविको सचिवालयमा रहेका केहि व्यक्तिहरुले अमेरिकामा समेत रकम लगेको आरोप लाग्ने गरेको छ । अमेरिकामा लगानी गरेको विषय समेत चल्दै गर्दा रवि आफै सहकारी ठगी आरोपमा पूर्पक्षका लागि थुनामा पुगेपछि यो विषय सामसूम भएको छ ।
अझं, भिजिट भिसा प्रकरणमा संयुक्त अरब ईमिरेटस्, वहराईन, कुवेत, कतार, ओमन र साउदी अरेवियाजस्ता देशमा जान स्वघोषणा गर्नुपर्ने र त्यहाँ केहि आइलाागे आफै जिम्मेवार बन्नुपर्ने पत्रमा हस्ताक्षर गर्नुपर्ने प्रावधान राखिएको थियो । आफ्ना नागरिकको जिम्मा सरकारले लिनुको सट्टा विदेशमा केहि भए तिमी आफै जिम्मेवार बन भन्ने स्वघोषणा पत्रमा हस्ताक्षर गराएर आफू उम्किने प्रयास समेत गरेर चलाखी अपनाएको स्रोतको दाबी छ ।
‘स्वघोषणाले नागरिकले समस्या भोगे आफै जिम्मेवार बन्ने भनिएको थियो । यसको प्रमुख कारण, यात्रा गर्दा सेटिङ गर्नुपर्ने र त्यस्तो सेटिङको पैसाबारे प्रश्न उठ्ने खतरा हुन्थ्यो । यसैलाई रोक्न कडा स्वघोषणाको प्रावधान राखियो । नेता र कर्मचारी सबैको मिलेमतो हुँदा पीडामा पर्ने त सर्वसाधारण नै हुन् । चलाखी पनि कस्ता कस्ता हुने ।’ अध्यागमनका एक अधिकारीले न्यूज नेपालसंग भने ।
नोटः भिजिट भिसा प्रकरणमा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष श्रेष्ठले शुरुमा के भनेका थिए ? दुई बुँदे सम्झाैतापछि किन छानविनको मा गर्न थाले ? यो विषयमा समेत न्यूज नेपालले नयाँ तथ्य सार्वजनिक गर्नेछ ।
Comments
अरु समाचार
-
राखेपलाई चीनले दियो ८५ लाखबराबरको खेलकुद सामग्री !
काठमाडौं । चीनको युनान प्रादेशिक खेलकुद ब्युरोले राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई खेल सामग्री तथा स्वास्थ्य परीक्षण उपकरण हस्तान्तरण गरेको...
-
भगवती न्यौपाने सामान्य प्रशासनमन्त्री नियुक्त (यस्तो छ मन्त्रिपरिषद्)
काठमाडौं । राष्ट्रियसभा सदस्य भगवती न्यौपाने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा नियुक्त भएकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको...
-
यस्तो बन्यो मदन जयन्ती मूल व्यवस्थापन समिति (सूचीसहित)
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको राजनीतिमा सक्रिय भएसँगै मदन भण्डारी फाउण्डेशनले देशव्यापी अभियान थालेको छ । यसको पहिलो चरणमा...
-
‘संसद विघटन संविधान बमोजिम नै सदर गरेकी हुँ’ : पूर्वराष्ट्रपति भण्डारी
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो कार्यकालमा भएको २ पटकका संसद विघटन दबाबमा नभएर संवैधानिक कानूनी व्यवस्थाअनुसार नै गरेको प्रष्ट...
-
मुस्ताङको कोराला नाका पूर्ण सञ्चालनमा ल्याइन्छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यक संरचना र पूर्वाधार निर्माणसहित मुस्ताङको कोरालानाका पूर्ण सञ्चालनको तयारी भइरहेको बताएका छन् ।...
-
घुस डिलले डुबायो, मन्त्री गुप्ताले राजीनामा दिए !
काठमाडौं । घुस ‘डिल’ अडिओ प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका छन् । मन्त्री गुप्ताले...
-
फ्लड लाइट जडानमा सेटिङ जालोः समय सकियो, ठेकेदारले टेरेनन् सरकार !
काठमाडौं । क्रिकेट रंगशालामा फ्लड लाइट जडान हुने विषयले खुशी दिलाएका क्रिकेटप्रेमीहरुका लागि फ्लड लाइटमा हुन थालेको झेलले ठूलो झड्का...
-
जिल्लाभरिका छाउगोठ भत्काउन निर्देशन
काठमाडौं । कञ्चनपुरको कृष्णपुर नगरपालिकामा छाउगोठमा सुतेकी महिलाको सर्पले टोकेर मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले ९ वटै पालिकालाई पत्राचार...
-
सिद्धबाबा सुरुङमार्गः भौतिक प्रगति ५७ प्रतिशत
काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गको काम अहिले तीव्र गतिमा भइरहेको छ । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ...