आजको राशिफल: २०८२ असार ७ गते शनिबार
मेष:साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। दिगो फाइदा हुने योजना कार्यान्वयन गर्न सकिनेछ। सामाजिक दायित्व बढ्नेछ। सानो प्रयत्नले समाजका लागि धेरै फाइदा हुने काम सम्पादन गर्न सकिनेछ। तारिफयोग्य कामले लोकप्रियता दिलाउनेछ।काम थाल्ने र पछिका लागि सम्भावना खोजी गर्ने समय छ। आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ।
वृष:फ्ना सूचना बाहिरिने समय रहेकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला। उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला। समस्या दर्साउँदा सहयोगीहरूको साथ पाइनेछ। प्रयत्न गर्दा गुमेको रकम जोगाउन सकिनेछ। स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला। रोकिएका काममा दोहोऱ्याएर प्रयत्न गर्नुपर्ला। सोचेको समयमा काम नबन्न सक्छ।
मिथुन:परिस्थिति अनुकूल रहे पनि भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ। विवादले रमाइलो क्षणमा पनि मन खिन्न रहनेछ। काममा केही चुनौतीहरू देखिनेछन् र सोचेको फाइदा उठाउन मुस्किल पर्नेछ। कामको चापबाट फुर्सदिलो भइनेछ। व्यवसायमा सामान्य लाभ हुनेछ। आयमूलक काम प्रारम्भ हुन सक्छ। प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ।
कर्कट: द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। चुनौती पन्छाएर पनि काम बनाउन सकिनेछ। व्यापारलगायत दिगो आर्थिक लाभ हुने नयाँ योजना शुभारम्भ गर्ने समय छ। मिहिनेतले प्रशस्त फाइदा दिलाउनेछ। शत्रुहरू स्वत: किनारा लाग्नेछन् र प्रतिस्पर्धामा विजयी भइनेछ। स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ। पुरुषार्थ देखाएरै समाजमा स्थापित बन्न सकिनेछ।
सिंह: नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ। व्यापारले फाइदा दिनेछ। तत्काल धेरै गर्न नसकिए पनि पछिका लागि जग बसाउने समय छ। व्यावसायिक कर्मले गति लिनेछ। मिहिनेतले राम्रो नतिजा हातपार्न सकिनेछ।नयाँ अवसरले आत्मबल बढ्नेछ र काममा सफलता प्राप्त हुनेछ। छोटो समयमा फाइदा लिन सकिनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ।
कन्या: सानातिना काममै अल्झनुपर्नेछ। कामको राम्रै मूल्यांकन भए पनि प्रतिफल हातपार्न समय लाग्नेछ। दीर्घकालीन योजना बनाएर काम प्रारम्भ गर्ने बेला छ। सबैलाई समेटेर काम लिन नसक्दा पछि परिनेछ। समयको तालमेल नमिल्दा योजना अधुरै रहनेछ। ईर्ष्या गर्नेहरू सक्रिय रहनेछन् भने अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्।
तुला:लगानी गर्दा व्यवसायमा मनग्य धनलाभ हुनेछ। आलस्य त्यागेर मिहिनेत गर्दा फाइदा उठाउन सकिनेछ। पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ। प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउनेछन्। नयाँ काम प्रारम्भ गर्ने समय छ। चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ। दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिलाे हुनेछ।
वृश्चिक:अध्ययनमा प्रगति हुनेछ भने ज्ञान र कलालाई निखार्ने अवसर प्राप्त हुनेछ। चिताएको काम सम्पादन हुनेछ। पहिलेका कमजोरीलाई सुधार्ने मौका छ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। मान-सम्मान प्राप्त हुनेछ। सम्पादित कामबाट धन लाभ हुनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। नाम, दाम र इनाम प्राप्त हुनेछ।
धनु :रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्नेछ। मिहिनेतको परिणामले आत्मविश्वास बढाउनेछ। विशेष अवसरले प्रसन्नता दिलाउनेछ भने सहयोगीहरूको साथले काममा उत्साह जगाउनेछ। विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ भने आकर्षक उपहार प्राप्त हुन सक्छ। रमाइलो जमघटको आनन्द प्राप्त हुनेछ। नयाँ कामको अवसर प्राप्त हुनाले हौसला जाग्नेछ।
मकर:केही पाउन केही वस्तु त्याग्नुपर्ला। यात्रा तथा भ्रमणका लागि प्रयत्न गर्ने समय छ। टाढाका साथीभाइले काममा साथ दिनेछन्। दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम बन्नेछ। अर्थअभाव खट्किए पनि आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुट्नेछ। तर, खर्च बढ्नेछ भने समयमा आलस्य गर्ने बानीले पछि परिनेछ। व्यवसायमा लगानी गर्ने अवसर प्राप्त हुनेछ।
कुम्भ :व्यापारमा राम्रै फड्को मार्ने समय छ। तर केही काम रोकिनाले उठ्नुपर्ने रकम हातलागी नहुन सक्छ। समयमा सजग नहुँदा आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। पुरानो समस्या दाेहाेरिनाले सञ्चित रकम खर्च हुन सक्छ। आवश्यकता पूरा हुनेछन् भने मिहिनेतको फल प्राप्त हुनेछ। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ।
मीन: विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने मौका छ। सोखले थालिएको काम व्यवसायमा रूपान्तरित हुनेछ। मेहनतीहरूलाई कार्यसिद्धिको समय छ। कर्मयोगले नाम र दाम दिलाउनेछ। रिफयोग्य कामले चर्चामा ल्याउन सक्छ। प्रतिष्ठित व्यक्तिहरूको सहयोग जुट्नाले सजिलै लक्ष्य प्राप्ति हुनेछ। पुरानो मित्रताले प्रेमकाे मार्ग अवलम्बन गर्न सक्छ।
Comments
अरु समाचार
-
सुक्खाग्रस्त क्षेत्र मधेशका ८ जिल्लामा कृषि मन्त्रालयको टोली जाँदै
काठमाण्डौं । पर्याप्त पानी नपरेपछि रोपाइँ हुन नसकेको सुक्खाग्रस्त क्षेत्र मधेश प्रदेशका ८ जिल्लामा अध्ययनका लागि कृषि मन्त्रालयको टोली जाने...
-
आज कोशी र गण्डकीका भारी वर्षा हुनसक्ने !
काठमाडौं । आज कोशी, बागमती र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको पूर्वानुमान महाशाखाले जनाएको छ । हाल...
-
साउन २१ गतेभित्र शिक्षा ऐन जारी नभए आन्दोलन गर्ने शिक्षक महासङ्घको चेतावनी
काठमाडौं । नेपाल शिक्षक महासङ्घले साउन २१ गतेभित्र विद्यालय शिक्षा ऐन जारी नगरे आन्दोलन गर्ने चेतावनी दिएको छ । महासङ्घले...
-
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबीचको मित्रतालाई नयाँ पुस्तासम्म विस्तार गर्नुपर्ने बताएका छन् । उनले सम्बन्धलाई अझ...
-
आइतबारदेखि नेपालमा भारी वर्षाको हुने, सचेत रहन आग्रह !
काठमाडौं । शनिबार रातिदेखि नेपालमा भारी वर्षा सुरु हुने मौसमविद्हरुले पूर्वानुमान गरेका छन्। अहिले भारतको उत्तरप्रदेशतर्फ रहेको मनसुनी रेखा नेपालतिर...
-
दस्तावेज संरक्षित गर्दै सर्वोच्च, न्यायाधीश फुयालको सक्रियतामा २०१० सालको नजिर प्रकाशन
काठमाडाैं । सर्वोच्च अदालतले नजिर प्रणालीलाई व्यवस्थित, पारदर्शी र सर्वसुलभ बनाउन ठूलो महत्त्वपूर्ण पहल थालेको छ। न्यायाधीश हरिप्रसाद फुयालको संयोजकत्वमा...
-
धितोपत्रको दोस्रो बजार कारोबारमा ‘रेकर्ड ब्रेक’
काठमाडौँ: अर्थतन्त्रका केही क्षेत्र सुस्त रहेको बेला आर्थिक वर्ष २०८१\८२ मा धितोपत्रको दोस्रो बजार कारोबारमा भने ऐतिहासिक रेकर्ड कायम भएको...
-
किन हटाइयो एमालेमा उमेर हद र दुई कार्यकालको व्यवस्था ?
काठमाडौं । नेकपा एमालेले अब ७० वर्ष उमेर हद र कार्यकारी पदमा दुई कार्यकालको सीमा लागू नहुने निर्णय गरेको छ।...
-
अमेरिकामा ७.३ रेक्टरस्केलकाे भूकम्प
काठमाडौं । अमेरिकी राज्य अलास्काको तटमा ७.३ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पले सुनामी चेतावनी जारी समेत गरेको थियो ।...