नेपाल र स्कटल्यान्डको खेलमा कसको कति रन-विकेट ?
काठमाण्डौ। त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको उपाधि घरेलु टोली स्कटल्यान्डले जितेको छ । गएराति भएको खेलमा नेपाल स्कटल्यान्डसँग ३४ रनले पराजित भयो । नेपाल, स्कटल्यान्ड र नेदरल्यान्ड्स सम्मिलित शृङ्खलाको उपाधि घरेलु टोलीले जितेको हो ।
अन्तिम खेलमा जीतका लागि एक सय ९४ रनको लक्ष्य पछ्याएको नेपाल १८ ओभर ५ बलमा एक सय ५९ रनमा अलआउट भयो । नेपालका रुपेश सिंहले सर्वाधिक ४३ तथा दीपेन्द्रसिंह ऐरीले ३४ रन जोडे । स्कटल्यान्डका क्रिस ग्रेभ्सले ३ तथा सफियान सरिफले २ विकेट लिए ।
त्यसअघि ग्लास्गोमा टस जितेर पहिला ब्याटिङ गरेको स्कटल्याण्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर एक सय ९३ रन बनाएको थियो । उसका जर्ज मन्सीले सर्वाधिक ७८ रन बनाए । नेपालका कुशल भुर्तेलले २ तथा सन्दीप लामिछाने, ललितनारायण राजवंशी र रुपेश सिंहले समान १ विकेट लिए ।
स्कटल्यान्डले ४ खेलमा २ जीतका साथ तालिकाको शीर्ष स्थानमा रहँदै उपाधि जितेको हो । समान ४ खेलमा २ मा जीतसहित नेपाल अङ्कतालिकाको दोस्रो र नेदरल्यान्ड्स तेस्रो भयो ।
Comments
अरु समाचार
-
महावीर पुनले म्याग्दीबाट दिए स्वतन्त्र उम्मेदवारी, रास्वपाले समर्थन गर्ने
काठमाडौं । शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार बनेका छन् । उनले जिल्ला निर्वाचन कार्यालयमा आफ्नो उम्मेदवारी दर्ता...
-
कांग्रेस सभापति गगन थापा सर्लाही ४ बाट उम्मेदवार !
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनमा सर्लाही क्षेत्र नम्बर ४ बाट...
-
झापा–५ मा मनोनयन दर्ता: बालेनले ओलीभन्दा पहिले उम्मेदवारी दर्ता गर्ने !
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्न झापा–५ पुगेका छन्...
-
जगदीश खरेलको रास्वपाबाट ललितपुर–२ मा उम्मेदवारी पक्का !
काठमाडौं । सञ्चारमन्त्री पदबाट सोमबार राजीनामा दिएका जगदीश खरेल मंगलबार औपचारिक रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गर्ने भएका छन्...
-
यस्तो छ आज प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता कार्यक्रम, आयोगले भन्यो- तडकभडक नगर्नू
काठमाडौँ – प्रतिनिधिसभा सदस्यका लागि आउँदो फागुन २१ गते हुने निर्वाचनका लागि आज देशभरका १ सय ६५ निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ...
-
प्रतिनिधिसभा सदस्य चुनावको प्रत्यक्षतर्फ आज उम्मेदवारी दर्ता हुँदै
काठमाण्डौ – आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावको प्रत्यक्षतर्फका लागि आज देशभर उम्मेदवारी दर्ता हुँदैछ । निर्वाचन आयोगले...
-
सुरक्षाको अवस्था राम्रो बनाइनुपर्छ, जुनसुकै अवस्थामा पनि चुनाव लड्छौं :ओली
काठमाण्डाै – नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमाले जुनसुकै अवस्थामा पनि चुनावमा जाने बताउनुभएको छ ।...
-
बालेनले जनकपुरको भाषणमा भने– म काम गर्ने मान्छे हुँ, भाषण होइन
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले आफू भाषणभन्दा काम गर्ने मान्छे भएको बताएका छन्। बालेनले काठमाडौं महानगरपालिकाको...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...











