इजरायलसँग युद्धविरामको कुनै सम्झौता भएको छैन : इरान
काठमाडौं । इरानका विदेशमन्त्री अब्बास अराघचीले इजरायलसँग युद्धविराम सम्बन्धी कुनै सम्झौता नभएको बताएका छन् । तर, इजरायलले पहिले आक्रमण रोकेमा इरानले जवाफी कारबाहीलाई निरन्तरता दिने कुनै मनसाय नराखेको उनले बताएका छन् । अराघचीले इजरायलसँग युद्धविरामको कुनै सम्झौता नभए पनि इजरायलले इरानी समयअनुसार बिहान ४ बजेसम्म इरानमाथिको आक्रमण रोकेमा इरानले आफ्नो सैन्य जवाफ रोक्ने बताएका सीएनएनले जनाएको छ ।
“इरानले बारम्बार स्पष्ट गरिसकेको छ, इजरायलले इरानमाथि युद्ध सुरु गरेको हो, हामीले होइन,” अराघचीले एक्समा पोस्ट गर्दै भने, “हालसम्म, कुनै पनि युद्धविराम वा सैन्य कारबाहीको समाप्तिका लागि सम्झौता भएको छैन ।”अराघचीले इजरायलले इरानमाथिको गैरकानुनी आक्रमण तेहरानको समयअनुसार बिहान ४ बजेभन्दा ढिलो नहुने गरी रोकेमा, “हामी त्यसपछि हाम्रो जवाफलाई निरन्तरता दिने कुनै मनसाय राख्दैनौँ ।”सैन्य कारबाहीको समाप्तिको अन्तिम निर्णय पछि गरिने उनले बताएका छन् ।
यसअघि, अमेरकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसका एक वरिष्ठ अधिकारीले इजरायलले इरानले आफ्नो देशमा आक्रमण रोक्ने सर्तमा युद्धविराम सम्झौतामा सहमति जनाएको सीएनएनलाई बताएका थिए । र, इरानले ती सर्तहरूमा सहमति जनाएको बताइएको थियो । यसैबीच, इजरायलले तेहरानमा नयाँ आक्रमण सुरु गरेको इरानको सरकारी मिडियाले जनाएको छ ।
इजरायलले इरानको राजधानी तेहरानका विभिन्न क्षेत्रमा आक्रमणहरू सुरु गरेको छ । यो कारबाही इजरायलले पहिले तेहरान र डिस्ट्रिक्ट ६ का बासिन्दाहरूलाई त्यहाँ सैन्य कारबाही गर्ने चेतावनी दिएपछि भएको हो । यसअघि, सेनाले डिस्ट्रिक्ट ७ का लागि पनि निकासी चेतावनी जारी गरेको थियो ।
Comments
अरु समाचार
-
Nepal–China Investment Symposium Emphasizes Economic Cooperation and Investment Growth
Kathmandu,16 Dec : Nepal’s Finance Minister, along with leading industrialists and business representatives, has called upon Chinese entrepreneurs and business...
-
खगेन्द्रप्रसाद र रुद्रकली भैरहवा पुगे, बुधबार कतार उड्ने !
काठमाडौं । नेपाल सरकारले कतारलाई उपहारस्वरुप प्रदान गरेका खगेन्द्रप्रसाद र रुद्रकली हात्ती मंगलबार बिहान भैरहवा आइपुगेका छन् । सोमबार मध्यान्ह...
-
हर्षल पाठक नेपाली महिला क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त
काठमाडौं । हर्षल पाठक नेपाली महिला राष्ट्रिय क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । उनलाई क्यानले मुख्य प्रशिक्षक नियुक्त...
-
विशेष परिस्थिति सिर्जना भएपछि उम्मेदवारी फिर्ताः राजेन्द्र गाैतम
काठमाडाैं । एमालेको ११ औं महाधिवेशनमा उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिएका राजेन्द्र गाैतमले उम्मेदवारी फिर्ता लिएका छन् । विशेष आग्रहपछि...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
ओली घेराबन्दीमा पर्दा राजेन्द्र गाैतम बने उपमहासचिवका स्वतन्त्र उम्मेदवार, थालियो मत माग्न
काठमाडाैं । नेकपा एमालेको ११ औं महाधिवेशनमा संखुवासभाका भद्र नेता राजेन्द्रप्रसाद गाैतम स्वतन्त्रबाट उपमहासचिवको उम्मेदवार बनेका छन् । एमाले अध्यक्ष...
-
उपाध्यक्षमा प्रस्तावित ज्ञवालीले किन दिए केन्द्रीय सदस्यमा उम्मेदवारी ?
काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले उपाध्यक्षमा उम्मेदवारी मनोनयन गर्न अश्वीकार गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीको टिमबाट...
-
एमाले महाधिवेशन : ओली र पोखरेलका उम्मेदवार, कुन पदमा को–को भिड्दै छन् ?
काठमाडौं । नेकपा एमालेमा ११ औं महाधिवेशनमा भिड्ने दुवैतर्फका पदाधिकारीहरूको टुंगो लागेको छ । पदाधिकारीमा अध्यक्ष केपी ओलीको संस्थापनले १९...












