‘नेपाल मुलका विदेशी नागरिक (पीएनओ)’ लाई परिचयपत्र उपलब्ध गराउन माग
काठमाडौं। थाइल्यान्डमा स्वास्थ्यमन्त्री प्रदीप पौडेलसँग विभिन्न संघसंस्थाका प्रतिनिधिसँग महत्वपूर्ण भेटघाट भएको छ । थाइ नेपाली संघ, एनआरएनए, यूएन एम्बेसी, नेपाल एयरलाइन्सलगायत विभिन्न संघसंस्थाका पदाधिकारी तथा प्रतिनिधिसँग महत्वपूर्ण भेटघाट भएको हो ।
स्वास्थ्यमन्त्री पौडेलले नेपालमा स्वास्थ्य क्षेत्रको विकासका लागि हुँदै गरेका काम, प्रयास, योजनालगायतका सम्बन्धमा चर्चा गर्नुभयो । मन्त्री पौडेलले थाइल्यान्ड सरकारले गरिब जनतालाई दिएका स्वास्थ्य सेवा, बीमालगातयका सुविधाहरुको जानकारी लिनु भयो । बाहिरी देशबाट लगानी बढाएर नेपालको कसरी आर्थिक विकास गर्न सकिन्छ भन्ने सम्बन्धमा मन्त्री पौडेलले चासो राख्नु भयो । नेपालमा लगानी गर्नका लागि उहाँले सबैलाई आग्रह पनि गर्नुभयो । विदेशका नागरिकहरुलाई नेपालमा कसरी जोड्न सकिन्छ र उनीहरुको सीप, क्षमता कसरी प्रयोगमा ल्याउन सकिन्छ भन्ने सम्बनधमा पनि मन्त्री पौडेलले चासो राख्नु भएको थियो ।

स्वास्थ्यमन्त्री पौडेल यूएनको कार्यक्रममा सहभागी हुन जाने क्रममा अन्य संघसंस्थाका पदाधिकारीसँग पनि भेटघाट गर्नु भएको हो । मन्त्री पौडेलले यूएनको कार्यक्रममा सहभागी हुँदा विकाससम्बन्धी धेरै अनुभव लिनु भएको र ती अनुभवहरु नेपालमा पनि लागु गर्न सकिने सम्भावना देखेको भनाइ राख्नु भएको थियो । उहाँले थाइल्याण्ड, बर्मा, फिजी, मलेसियालगायत विभिन्न देशमा बसोबास गरिरहेका नेपालीहरु र उनीहरु त्यहाँ कसरी आइपुगे भन्ने सम्बन्धमा पनि जानकारी लिनु भयो । उहाँको जिज्ञासालाई थाइ नेपाली संघ, एनआरएनएलगायत संस्थाका पदाधिकारीहरुले प्रष्ट पारिदिएका थिए ।
कार्यक्रममा पीपुल अफ नेपाली अरिजिन (पीएनओ) को सम्बन्धमा स्वास्थ्यमन्त्री पौडेललाई ध्यानाकर्षण गराइएको पीपुल अफ नेपाली अरिजिन (पीएनओ) का अध्यक्ष तथा थाई नेपाली संघका वर्तमान संरक्षक कुमार कार्कीले न्यूज नेपाललाई जानकारी दिनु भयो । नेपाल मुलका विदेशी नागरिक (पीएनओ)’ लाई परिचयपत्र उपलब्ध गराउन मन्त्री पौडेलसँग माग गरिएको कार्कीले बताउनु भयो । अध्यक्ष कार्कीले भन्नुभयो, “बाहिर आएका नेपालीहरुलाई नेपाल सरकारले अझै पनि परिचयपत्र दिएको छैन, हाम्रो माग एनआरएनएलाई जस्तै परिचयपत्र देओस् भन्ने हो ।” पीएनओ, थाइ नेपाली संघ र थाइल्याण्ड एनआरएनएको तर्फबाट परिचयपत्र उपलब्ध गराउन निवेदनपत्र पेस गरिएको थियो ।
योभन्दा अगाडि पनि नेपालका वर्तमान तथा पूर्वप्रधानमन्त्री, मन्त्री, सांसद, सचिवहरुलगायतसँग भेटघाट गरेर निवेदनपत्र पेस गरेको कार्कीले बताउनु भयो । मन्त्री पौडेलसँग भेटघाट गर्न पाउँदा खुसी लागेको कार्कीले प्रतिक्रिया दिनु भयो ।


Comments
अरु समाचार
-
मुस्ताङको कोराला नाका पूर्ण सञ्चालनमा ल्याइन्छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यक संरचना र पूर्वाधार निर्माणसहित मुस्ताङको कोरालानाका पूर्ण सञ्चालनको तयारी भइरहेको बताएका छन् ।...
-
घुस डिलले डुबायो, मन्त्री गुप्ताले राजीनामा दिए !
काठमाडौं । घुस ‘डिल’ अडिओ प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका छन् । मन्त्री गुप्ताले...
-
फ्लड लाइट जडानमा सेटिङ जालोः समय सकियो, ठेकेदारले टेरेनन् सरकार !
काठमाडौं । क्रिकेट रंगशालामा फ्लड लाइट जडान हुने विषयले खुशी दिलाएका क्रिकेटप्रेमीहरुका लागि फ्लड लाइटमा हुन थालेको झेलले ठूलो झड्का...
-
जिल्लाभरिका छाउगोठ भत्काउन निर्देशन
काठमाडौं । कञ्चनपुरको कृष्णपुर नगरपालिकामा छाउगोठमा सुतेकी महिलाको सर्पले टोकेर मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले ९ वटै पालिकालाई पत्राचार...
-
सिद्धबाबा सुरुङमार्गः भौतिक प्रगति ५७ प्रतिशत
काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गको काम अहिले तीव्र गतिमा भइरहेको छ । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ...
-
साफ यू–२० महिला च्याम्पियनसिप: नेपालले तेस्रो खेल श्रीलंकासँग खेल्दै
काठमाडौं । नेपालले आज साफ यू–२० महिला च्याम्पियनसिपको आफ्नो तेस्रो खेल श्रीलंकासँग खेल्दै छ । बंगलादेशमा जारी प्रतियोगितामा नेपाल र...
-
बीपी राजमार्गमा पूर्णरुपमा अवरुद्ध
काठमाडौं । निरन्तरको वर्षाका कारण सोमबार राति आएको बाढी र केही ठाउँमा खसेको पहिरोले बीपी राजमार्ग अवरुद्ध भएको छ ।...
-
विभिन्न ठाउँमा भारी वर्षा हुने, ३६ जिल्ला बाढीको जोखिममा
काठमाडौं। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरेसँगै पूर्वी नेपाल नजिक पुगेको छ, जसको प्रभावले देशका विभिन्न भागमा वर्षा तीव्र हुने...
-
आज संसद्को दुवै सदनको बैठक, यस्तो छ कार्यसूची
काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज दिउँसो १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा उपप्रधानमन्त्री...