केही पहाडी ठाउँमा ठूलो वर्षा हुने, सतर्कता अपनाउन आग्रह
काठमाण्डौ । देशका विभिन्न ठाउँमा रातिदेखि नै पानी परिरहेको छ । राति सिन्धुपाल्चोक र बागलुङमा भेलबाढी आउने गरी ठूलो पानी परे पनि अहिले भने रोकिएको छ । डडेलधुरा, कैलाली, नवलपरासी, चितवन, धनकुटा, झापा लगायतका ठाउँमा भने अहिले पनि पानी परिरहेको छ ।
कैलालीको धनगढी एरपोर्ट वर्षामापन केन्द्रमा मध्यम वर्षा मापन भएकोले त्यो क्षेत्र भइ बहने ससाना खोलाहरुमा बहाब बढ्न सक्ने भएकोले तटीय क्षेत्र तथा डुवान भइरहने होचा भू–भागमा रहनुहुनेहरूले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोलिसम्म कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका विभिन्न ठाउँमा ठूलो पानी पर्न सक्ने भएकाले उच्च सतर्कता अपनाउन सुझाव दिएको छ । प्राधिकरणले निकालेको सूचनाअनुसार यस अवधिमा लुम्बिनी प्रदेशका बाँके, बर्दिया र दाङ, कर्णाली प्रदेशका सुर्खेत, दैलेख र सल्यान, सुदूरपश्चिम प्रदेशका बैतडी, डडेल्धुरा, डोटी, अछाम, कैलाली र कञ्चनपुर तथा अरू प्रदेशका पहाडी भू–भागका एक/दुई ठाउँमा मुसलधारे वर्षाको सम्भावना छ ।
ठूलो वर्षाका कारण ती ठाउँमा भूक्षय, बाढी, पहिरो, डुबान तथा गेग्य्रान बहावको जोखिम रहेकाले उच्च सतर्कता अपनाउन प्राधिकरणको सल्लाह छ । यस अवधिभर अत्यन्त जरुरी अवस्थाबाहेक यात्रा नगर्न, मौसमी बुलेटिनहरूको अद्यावधिक जानकारी लिन, डुबान हुनसक्ने क्षेत्रका भुइँतलामा बस्ने नागरिकले विशेष सतर्कता अपनाउन, नदी किनाराका बस्तीमा उच्च सतर्कता अपनाउन तथा सकेसम्म नदी किनारमा नजान, नदी किनारका निर्माण कार्य रोक्न, उच्च जोखिम रहेका जिल्लाका विपद् व्यवस्थापन समिति एवम् सुरक्षा समितिले यातायात सञ्चालनबारे आवश्यक निर्णय गर्न तथा त्यसको पालना गर्न र तीनवटै सुरक्षा निकाय, पालिका एवम् स्वयंसेवकलगायत सरोकारवाला निकाय तयारी अवस्थामा रहन प्राधिकरणले भनेको छ ।
Comments
अरु समाचार
-
भारतको हिमाचलमा ग्यास सिलिण्डर विस्फोट, ९ जना नेपालीको मृत्यु
काठमाडौं । भारतको हिमाचल प्रदेशमा भएको ग्यास सिलिण्डर विस्फोटबाट ९ जना नेपालीको ज्यान गएको छ। सोलन जिल्लाको अर्की क्षेत्रमा ग्यास...
-
कांग्रेस विशेष महाधिवेशन : सीताराम केसीको अध्यक्षतामा निर्वाचन समिति गठन
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत निर्वाचन समिति गठन गरिएको छ । मंगलबार बन्दसत्र सुरु हुनासाथ सीताराम केसीको अध्यक्षतामा...
-
रोल्पामा वर्षमान र बालरामको भिडन्त, के गर्लान् विप्लव ?
काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनको लागि राष्ट्रिय स्वतन्त्र पार्टीले रोल्पाबाट बालराम थापालाई एकल उम्मेद्वार सिफारिस गरेको छ । जिल्ला कार्य...
-
कांग्रेसको विशेष महाधिवेशन र संस्थापन पक्षधरबीच आज वार्ता
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन र संस्थापन पक्षधरबीच आज वार्ता हुँदैछ । विशेष महाधिवेशन गरिरहेको महामन्त्रीद्वय गगन थाप र...
-
कांग्रेस विशेष महाधिवेशनको पक्षमा ६३ प्रतिशत प्रतिनिधिहरूले गरे हस्ताक्षर
काठमाडौं । नेपाली कांग्रेस विशेष महाधिवेशनको पक्षमा ६३ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन् । विशेष महाधिवेशन प्रचार संयोजक सुवास...
-
विशेष महाधिवेशनमा विश्वप्रकाशले पेस गरेको प्रतिवेदनमा के छ ?
काठमाडौं ।नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत सोमबार भृकुटीमण्डपमा सुरु भएको बन्दसत्रमा महामन्त्री विश्वप्रकाश शर्माले सांगठनिक प्रतिवेदन पेस गरेका छन्।श्यामकुमार खड्काको अध्यक्षतामा...
-
ओलीसँग भिड्ने तयारी गर्दै बालेन, माघ ५ गते पदबाट राजीनामा दिने
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले माघ ५ गते पदबाट राजीनामा दिने तयारी गरेका छन्। बालेनको सचिवालयका एक सदस्यका...
-
ट्रम्पले आफूलाई घोषणा गरे भेनेजुएलाको कार्यवाहक राष्ट्रपति
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति भएको दाबी गर्दै सनसनी फैलाएका छन्। उनले आफ्नै...
-
कांग्रेस विशेष महाधिवेशनः आज पनि प्रतिनिधिको नाम दर्ता जारी
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनमा प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया...











