ताजा समाचार

झाँक्रीलाई ३ दिने अल्टिमेटमसहित नेकपा एसले सोध्यो स्पष्टीकरण

काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालविरुद्ध खरो अभिव्यक्ति दिएकी नेतृ रामकुमारी झाँक्रीलाई पार्टीले स्पष्टीकरण सोधेको छ ।

झाँक्रीले नेपाललाई लक्षित गर्दै एक कार्यक्रममा ‘सिनो बोकेर हिँड्न नसकिने’ भन्दै अर्ली महाधिवेशनमार्फत नेतृत्व परिवर्तन गर्नुपर्ने अभिव्यक्ति दिएका थिइन् ।

यही अभिव्यक्तिपछि नेकपा एसभित्र झाँक्रीप्रति चर्को आक्रोश छ । पार्टी अध्यक्ष विरुद्ध अभिव्यक्ति दिएपछि पार्टीले स्पष्टीकरण सोधेको नेकपा एसका एक नेताले बताए ।

नेपाल पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनीले सरकारबाट पाएको हदबन्दी छुटको जग्गा हिनामिना गरेको अभियोगमा मुद्दा खेपिरहेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ जुन २०२५ मा नेपाल सहित ९३ जना विरुद्ध भ्रष्टाचारमा मुद्धा दायर गरेको थियो । उनलाई विशेष अदालतले तोकेको ३५ लाख रुपैयाँ धरौटी रकम तिराएर छाडेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org