फ्लड लाइट जडानमा सेटिङ जालोः समय सकियो, ठेकेदारले टेरेनन् सरकार !
काठमाडौं । क्रिकेट रंगशालामा फ्लड लाइट जडान हुने विषयले खुशी दिलाएका क्रिकेटप्रेमीहरुका लागि फ्लड लाइटमा हुन थालेको झेलले ठूलो झड्का दिएको छ ।
किर्तिपुरस्थित त्रिवि क्रिकेट स्टेडियममा जोड्न लागिएको फ्लड लाइट जडानका लागि भन्दै २०८१ पुस ५ गते दुई प्याकेज बनाएर आह्वन गरिएको बोलपत्रअनुसार ठेक्का दिलाउनकै लागि मापदण्डमाथि छेडखानी गरेको पाइएको थियो ।
प्रतिष्पर्धामा रहेका १० कम्पनीमध्ये ठेक्का सेटिंगमार्फत् ४२ करोड १९ लाख ९१ हजार ६ सय ५३ रुपैयाँमा घुसिंगल, ललितपुरको विशन- ईश्वरी जेभीलाई दिइएको थियो । जसअनुसार यो कम्पनीले २०८२ वैशाख २५ गतेसम्म त्रिवि क्रिकेट स्टेडियममा फ्लड लाइट जडान गरिसक्नुपर्ने थियो ।
ठेक्काअघि प्रधानमन्त्रीसंग भएको छलफलको क्रममा प्रतिष्पर्धी कम्पनीहरुसंगको बैठक चल्दै गर्दा समयमै काम सम्पन्न गर्न निर्देशन दिनुका साथै ढिलासुस्सी स्वीकार्य नहुने समेत भनिएको थियो । तर, असार सकिनै लाग्दा समेत फ्लड लाइट जडानका लागि कुनै काम अघि बढेको छैन् र समयमै काम नगर्ने ठेकेदार कम्पनी विशन- ईश्वरी जे.भी. लाई कुनै किसिमको कारबाहीको तयारी समेत रेको देखिन्न ।
अन्तर्राष्ट्रिय मापदण्ड अनुसार जडान गर्ने भनिएको फ्लड लाइट युरोपियन वा बेलायती मापदण्डको हुनुपर्नेमा निक्यौल गरिएको थियो । बोलपत्रमा सहभागी भएका कम्पनीहरुको प्रि-बिड बैठकले नै यस्तो निर्णय गरेपछि समय अभाव हुने विषयमा समेत कुराकानी भएको थियो । तर, विशेष परिस्थितिबाहेकमा समय थप गर्न नसकिने वरु तीन सिफ्टको कार्य प्रणाली अपनाई कार्य सम्पादन गर्नुपर्ने भन्दै सरकारले अडान राखेपछि बैठकले नै वैशाख २५ गतेको समय तोकेको बताइन्छ ।
सम्बन्धित समाचार शीर्षकः ‘त्रिवि क्रिकेट मैदानको फ्लडलाइट जडान ठेक्का सम्झौता बदनियतपूर्ण’
यस्तो स्थितिमा वैशाख २५ को समय घर्किएर असार सकिनै लाग्दा समेत फ्लड लाइटका लागि वत्ति कसरी र कहाँबाट ल्याउने भन्ने विषयमा नै ठेकेदारले अन्योलता सिर्जना गर्दै कमसल र सस्तो पर्ने लाइटको खोजीमा चीन पुगेको स्रोतको दाबी छ ।
संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका सुपरिटेन्डेन्ट इन्जिनियर चक्रवर्ति कण्ठसंग यो विषयमा कुराकानीका लागि फोन सम्पर्क गर्दा उनले फोन उठाएनन् । उसोतः यो ठेक्का प्रक्रियाको सेटिङमा कार्यालयका सीडीई गणेश कर्माचार्य र गणेश पाण्डे समेत संलग्न रहेको स्रोतको दाबी छ ।
कसरी हुँदैछ झेल ?
ठेक्काको मूल्य निर्धारण गर्दा युरोपियन तथा युके स्ट्यान्डर्डको फ्लड लाइट १० देखि १५ हजार युरोमा ढुवानी हुने ठाउँमा छिटो र गुणस्तरिय काम गर्न हवाई ढुवानीका निम्ति ८० हजारदेखि १ लाख युरो छुट्याइयो । सम्झौताको समय सकिएको दुई महिना बढि समय भएपनि ३० प्रतिशत बढि काम हुन सकेको छैन ।
अहिले ठेकेदार कम्पनीले ल्याउन भनेको फ्लड लाइट भारत तथा चिनियाँ कम्पनीबाट खरिद गर्ने गरि काम थालिएको स्रोतको भनाई छ ।
बोलपत्रदाता र निर्माण तथा व्यवस्थापन कार्यालय, सानोगौचरण, काठमाण्डौको मिलिभगतमा Fael luce lighting, Philips Lighting, Siteco lights आदि विश्व प्रख्यात लाईट निर्माता कम्पनीहरूको तुलनामा Edison जस्ता न्यून मूल्य तथा न्यून गुणस्तरको कम्पनीको उत्पादनलाई स्वीकृत गरी सार्वजनिक खरिद प्रक्रियालाई समेत धुलिसात पारिएको स्रोतको भनाई छ ।
अहिले खरिद गर्न लागिएको लाइट कतैपनि परिक्षण नभएको र यसको प्राविधिक पक्ष समेत अन्योलतामा रहेको स्रोतको भनाई छ । बत्तिको भोल्टेज, पावर गुणस्तर, अन्यत्र प्रयोग भए नभएको सर्टिफिकेट जस्ता विषयको अभावकै बीच चीनबाट स्थलमार्ग हुँदै ढुवानीको तयारी अन्तिम चरणमा पुगेको स्रोतको दावी छ ।
८० हजारदेखि १ लाख युरोमा हवाई ढुवानी गर्ने भन्दै गरिएको तयारीमा चीनबाट स्थलमार्ग हुँदै सस्तोमा ढुवानीदेखि कमसल र कतै प्रयोग नभएको सामान ल्याएर ठूलो घोटाला गर्न खोजिएपनि गौरवको यो परियोजना संकटमा पर्ने खतरा बढेको छ ।
तोकिएको समय घर्किएको २ महिनाबढि समयसम्म पनि फ्लड लाइट जडान नभएपनि कुनै कारबाही भने गरिएको छैन् । सार्वजनिक खरिद नियमावली मिच्दा समेत ठेकेदार कम्पनीले फट्याई गरिरहेको छ । जसमा कारबाही किन हुन सकेन भन्ने चासो थप बढेको छ ।
Comments
अरु समाचार
-
हर्षल पाठक नेपाली महिला क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त
काठमाडौं । हर्षल पाठक नेपाली महिला राष्ट्रिय क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । उनलाई क्यानले मुख्य प्रशिक्षक नियुक्त...
-
विशेष परिस्थिति सिर्जना भएपछि उम्मेदवारी फिर्ताः राजेन्द्र गाैतम
काठमाडाैं । एमालेको ११ औं महाधिवेशनमा उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिएका राजेन्द्र गाैतमले उम्मेदवारी फिर्ता लिएका छन् । विशेष आग्रहपछि...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
ओली घेराबन्दीमा पर्दा राजेन्द्र गाैतम बने उपमहासचिवका स्वतन्त्र उम्मेदवार, थालियो मत माग्न
काठमाडाैं । नेकपा एमालेको ११ औं महाधिवेशनमा संखुवासभाका भद्र नेता राजेन्द्रप्रसाद गाैतम स्वतन्त्रबाट उपमहासचिवको उम्मेदवार बनेका छन् । एमाले अध्यक्ष...
-
उपाध्यक्षमा प्रस्तावित ज्ञवालीले किन दिए केन्द्रीय सदस्यमा उम्मेदवारी ?
काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले उपाध्यक्षमा उम्मेदवारी मनोनयन गर्न अश्वीकार गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीको टिमबाट...
-
एमाले महाधिवेशन : ओली र पोखरेलका उम्मेदवार, कुन पदमा को–को भिड्दै छन् ?
काठमाडौं । नेकपा एमालेमा ११ औं महाधिवेशनमा भिड्ने दुवैतर्फका पदाधिकारीहरूको टुंगो लागेको छ । पदाधिकारीमा अध्यक्ष केपी ओलीको संस्थापनले १९...
-
न्यायाधीशमाथिको आक्रमण पूर्वाग्रह र प्रतिशोधपूर्णः न्यायाधीश समाज नेपाल
काठमाडौं । न्यायाधीश समाज नेपालले मुद्दामा भएको फैसलाकै आधारमा न्यायाधीशमाथि गरिँदै आएको टिप्पणी पूर्वाग्रहपूर्ण र प्रतिशोधपूर्ण भएको जनाएको छ। समाजले...
-
निर्वाचन ८० दिन बाँकी : चुनावी खर्च पारदर्शी बनाउने आयोगको प्रस्ताव
काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय गरेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तय गरेको र हाल राय...












