सार्वजनिक लेखासहित पाँचवटा समितिको बैठक बस्दै
काठमाडौं। संघीय संसद अन्तर्गत विभिन्न पाँचवटा समितिका बैठक बस्दै छन् । सोमबार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, सार्वजनिक लेखा समिति, विधायन व्यवस्थापन समिति र कानून, न्याय तथा मानवअधिकार समितिका बैठक बस्न लागेका हुन् ।
सबै समितिका बैठक बिहान १० देखि दिउँसो १ बजेसम्म सिंहदरबारस्थित आआफ्नै सभा कक्षमा बस्नेछन् । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ मा परेका संशोधनका सम्बन्धमा संशोधनकर्ता सांसद सदस्यसँग छलफल गर्ने कार्यसूची रहेको छ ।
यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० का सम्बन्धमा सरोकारवालाहरूसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ । सार्वजनिक लेखा समितिको बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको उपस्थितिमा नेपाल सरकारका सबै सचिवहरूसँग छलफल गर्ने तयारी छ ।
यसैगरी, विधायन व्यवस्थापन समितिको बैठकमा जलस्रोत विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ । कानून, न्याय तथा मानवअधिकार समितिको बैठकमा मानवअधिकार सम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना (आ.व.२०८२/०८३–२०८६/०८७) को मस्यौदामाथि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसँग छलफल गर्ने कार्यसूची रहेको छ ।
Comments
अरु समाचार
-
न्यायाधीश पाखरेलले स्वार्थ बाझिने रवि लामिछानेको मुद्धा हेर्न किन गरे जोड ?
काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीश सुनिल पोखरेलले स्वार्थ बाझिने रवि लामिछानेको मुद्धा हेर्न जोड दिएका छन् । न्यायाधीश पाखरेलले स्वार्थ...
-
प्रधानमन्त्री कार्कीलाई भेट्न बालुवाटार पुगे कांग्रेस सभापतिसहितका नेता
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न बालुवाटार पुगेका छन् । सभापति थापासँगै उपसभापतिद्वय विश्वप्रकाश शर्मा...
-
राजस्वका तत्कालीन महानिर्देशक अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर, ७० लाख रुपैयाँ घूस लिएको खुल्याे
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अधिकारीमाथि...
-
कांग्रेसले टुङ्ग्यायो समानुपातिकतर्फका २० जना सांसदको नाम
काठमाडौँ । नेपाली कांग्रेसले समानुपातिकतर्फका २० जना सांसदको नाम टुङ्ग्याएको छ । आइतबार कांग्रेस पार्टी कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको...
-
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज, समानुपातिक सांसदको टुंगो लगाउने
काठमाडौँ– नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्नेछ ।...
-
एमालेले टुंग्यायो समानुपातिक सांसद, क-कसको नाम चयन ?
काठमाडौं । नेकपा (एमाले) ले समानुपातिक सांसदको सूची टुंग्याएको छ । शनिबार भक्तपुरको गुण्डुस्थित पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवासमा...
-
पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । केपी शर्मा...
-
पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओलीलाई पितृ शोक
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक परेको छ । उनका पिता मोहनप्रसाद ओलीको...
-
किशोरी साहको नाम कालोसूचीमा नराख्न सर्वोच्च अदालतले दियो आदेश
काठमाडौं । सर्वोच्च अदालतले धनुषा-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बनेका किशोरी साहको नाम कालोसूचीमा नराख्न अन्तरिम आदेश जारी गरेको...












