भक्तपुरको गाईजात्रामा झडप भएको भिडियाे भाइरल, ३ जना पक्राउ
काठमाडौं । गाईजात्रा पर्वका बेला भक्तपुरमा युवाहरूबिच भएको झडपको भिडिओ भाइरल भएपछि प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
घटनामा संलग्न भएको आरोपमा भक्तपुर प्रहरीले ललितपुर कोन्ज्योसोम गाउँपालिका-१ घर भई हाल भक्तपुर सूर्यविनायक-६, पाण्डुबजार बस्ने २२ वर्षीय महेश तामाङ, भक्तपुर नगरपालिका-५, भेलुखेल बस्ने ३४ वर्षीय अमन देउला र भक्तपुर नगरपालिका-५, साकोठाका ३४ वर्षीय राज कपालीलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार घटना गत आइतबार राति करिब ११स्१० बजे भक्तपुर नगरपालिका-५, टौमढीस्थित न्यातपोल मन्दिर (पाँचतले मन्दिर) अगाडि भएको थियो । सार्वजनिक भिडियोमा युवाहरूको समूहले एकअर्कालाई लाठी, मुक्का र लात्तीले क्रूरतापूर्वक प्रहार गरेको देखिन्छ । झडपमा केही व्यक्ति भुइँमा लडेको र उनीहरूमाथि पनि निरन्तर आक्रमण गरिएको दृश्य कैद भएको छ ।
भिडिओ भाइरल भएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले जात्रा जस्तो सांस्कृतिक गौरवमा दाग लागेको भन्दै आक्रोश व्यक्त गरेका छन् । केहीले यस्ता कलंकित क्रियाकलापले नेवारी समुदायको ऐतिहासिक पर्वको मौलिकता र गरिमामा गम्भीर चोट पुर्याएको धारणा राखेका छन् ।
जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) डुण्डीराज न्यौपानेले पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको र घटनामा संलग्न अन्यको खोजी कार्य जारी रहेको जानकारी दिएका छन् ।
Comments
अरु समाचार
-
ओली घेराबन्दीमा पर्दा राजेन्द्र गाैतम बने उपमहासचिवका स्वतन्त्र उम्मेदवार, थालियो मत माग्न
काठमाडाैं । नेकपा एमालेको ११ औं महाधिवेशनमा संखुवासभाका भद्र नेता राजेन्द्रप्रसाद गाैतम स्वतन्त्रबाट उपमहासचिवको उम्मेदवार बनेका छन् । एमाले अध्यक्ष...
-
उपाध्यक्षमा प्रस्तावित ज्ञवालीले किन दिए केन्द्रीय सदस्यमा उम्मेदवारी ?
काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले उपाध्यक्षमा उम्मेदवारी मनोनयन गर्न अश्वीकार गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीको टिमबाट...
-
एसिया कप : बंगलादेशविरुद्ध ब्याटिङ गर्दै नेपाल
काठमाडौं । एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत दोस्रो खेलमा नेपालले बंगलादेशविरुद्ध सुरुमा ब्याटिङ गर्दैछ। टस जितेर बंगलादेशले फिल्ड रोजेपछि...
-
एमाले महाधिवेशन : ओली र पोखरेलका उम्मेदवार, कुन पदमा को–को भिड्दै छन् ?
काठमाडौं । नेकपा एमालेमा ११ औं महाधिवेशनमा भिड्ने दुवैतर्फका पदाधिकारीहरूको टुंगो लागेको छ । पदाधिकारीमा अध्यक्ष केपी ओलीको संस्थापनले १९...
-
एमाले महाधिवेशन : चुनावी प्रक्रिया सुरु !
काठमाडौं । काठमाडौंमा जारी नेकपा एमालेको एघारौं राष्ट्रिय महाधिवेशनको चुनावी प्रक्रिया सुरु भएको छ । सल्लाघारीमा उद्घाटन भएको महाधिवेशनको भृकुटीमण्डपमा...
-
एमाले केन्द्रीय सदस्यमा अम्बिरबाबु गुरुङको उम्मेदवारी घोषणा
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा केन्द्रीय सदस्यमा अम्बिरबाबु गुरुङले उम्मेदवारी घोषणा गरेका छन् । करिब ४ दशक लामो...
-
न्यायाधीशमाथिको आक्रमण पूर्वाग्रह र प्रतिशोधपूर्णः न्यायाधीश समाज नेपाल
काठमाडौं । न्यायाधीश समाज नेपालले मुद्दामा भएको फैसलाकै आधारमा न्यायाधीशमाथि गरिँदै आएको टिप्पणी पूर्वाग्रहपूर्ण र प्रतिशोधपूर्ण भएको जनाएको छ। समाजले...
-
एमाले महाधिवेशनमा नयाँ नेतृत्व चयन गर्न आज उम्मेद्वारी दर्ता
काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु भइसकेको छ । निर्वाचन समितिले सार्वजनिक...
-
निर्वाचन ८० दिन बाँकी : चुनावी खर्च पारदर्शी बनाउने आयोगको प्रस्ताव
काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय गरेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तय गरेको र हाल राय...












