ताजा समाचार

डन्डिफोर किन आउँछ र के गर्ने ?

Pimples

उफ् ! डन्डिररफोरले हैरान पार्यो ? धेरै युवायुवती ओठ लेप्य्राउँदै पीडा पोख्छन् । टिनेजरहरु यो समस्याले धेरै हैरान भएका हुन्छन् । त्यसो त ३०-४० बर्ष लाग्दासमेत कतिपय महिला अनुहारमा डन्डिफोर निस्कने समस्याले ग्रसुत भएका देखिन्छनन् । आखिर के हो डन्डिफोर ? के गरे मुक्ति मिल्छ ? जानिराख्नुस् : 

छालामा हुने एक विशेष प्रकारको तौलिय ग्रन्थिका कारण अनुहारमा डन्डिरफोर आउँछ । यो ग्रन्थिले एक प्रकारको चिल्लो पदार्थ पैदा गर्छ र छालालाई प्राकृतिक रुपमा नै कोमल राख्न सहयोग गर्छ ।
युवा अवस्थामा हर्मोनमा हुने असन्तुलनले छालामा हुने तौलिय ग्रन्तिलाई उत्तेजित पारिदिन्छ । जसलाई बढी प्रभाव पार्छ,उसैलाई बढी डन्डिफोरले सताउँछ । प्रभावस्वरुप शुरुमा हल्का दाग धब्बा जस्तो देखिन थाल्छ । साथसाथै, धेरै चिल्लोका कारण रौंका छिद्रा पनि चौडा हुन थाल्छन् ।
विस्तरै दाग गाढा हुन थाल्छ । यसले रौंका छिद्रा पनि बन्द गरिदिएपछि छिद्राकै मुखमा गाढा दाग कडा आवरणमा देखिन्छ । यसलार्य ‘ह्वाइट हेड’ भनिन्छ । ह्वाइट हेड हावाको सम्पर्कमा गएर अक्सिजनसँग संसर्ग हुँदा कालो हुन थाल्छ । यसले आसपासको छालाको तन्तुमा विकार उत्पन्न गरेर पीडा पैदा गर्छ । यहि भागमा विस्तरै डन्डिफोर बन्छ ।

डन्डिफोर आउने कारण

. हर्मोनमा परिवर्तन तथा खराबी ।
२. अनियमित महिनावारी ।
३. तनाव र अनिद्रा ।
४. उत्तेजना, क्रोध र भय ।
५. शरीरको फोहोर पसिनाको माध्यमबाट छाला हुँदै बाहिरिनु ।
लामो समयसम्म कब्जियत ।

यसो गरे राम्रो हुन्छ :

१. अनुहार हरदम सफा राख्ने,किनभने धूलो जमेर छालाको छिद्रामा डन्डिफोर निम्तन नपाओस् । सादा पानीले दिनमा ५६ पटक अनुहार पखाल्नु राम्रो हुन्छ ।

२. डन्डिफोर देख्नुहुन्न, निचोरिहाल्ने धेरैको बानी हुन्छ । यो एकदम गलत काम हो । डन्डिफोर नछुनु नै राम्रो हुन्छ ।

३. निम, ध्यूकुमारी जस्ता जडिबुटीको फेसप्याकले अनुहार धुँदा डन्डिफोर चाँडो निको हुन्छ र थप आउन पनि रोक्छ ।

४. राति सुत्नुअघि गुलाबजल र चन्दनको पेस्ट बनाएर हनुहारमा लगाउने र केही बेरमा चिसो पानीले पखाल्लनाले डन्डिफोरमा राहत मिल्छ । 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org