खेलकुद सचिव मैनालीको बिदाइ
काठमाडौं, २८ भदौ । युवा तथा खेलकुद मन्त्रालयबाट सरुवा भएका सचिव लक्ष्मणप्रसाद मैनालीलाई सोमबार बिदाइ गरिएको छ ।
सिंहदरबारस्थित मन्त्रालयको सभाकक्षमा आयोजित एक कार्यक्रमबीच मैनालीलाई खेलकुद मन्त्री दलजीत विके श्रीपाली, सह–सचिव चूडामणि पौडेललगायतका कर्मचारीले मैनालीलाई सफलताको शुभकामना दिदै बिदाइ गरे । सो अवसरमा मन्त्री श्रीपालीले सचिव मैनालीलाई मायाको चिनो प्रदान गरेका थिए ।
भदौ २६ गतेको मन्त्री परिषद् निर्णयबाट मैनाली खेलकुदबाट श्रम मन्त्रालयमा सरुवा भएका छन् । गत वर्षको मंसिर पहिलो साता मैनाली सूचना आयोगबाट खेलकुद मन्त्रालयमा सरुवा भएका थिए ।
मैनालीको स्थानमा रक्षा मन्त्रालयका सचिव महेश दाहाल खेलकुद मन्त्रालयमा आउने छन् । मैनाली २०४३ सालमा शाखा अधिकृतका रुपमा निजामति सेवामा प्रवेश गरेका थिए ।
बिदाइ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रीपालीले करिब १ महिनाको छोटो अवधिमा पनि सचिव मैनालीसंग उदाहरणीय सहकार्य गरेको बताउदै हालसम्म सचिवको नेतृत्वमा रहेको सम्पूर्ण कर्मचारीसंग आफू सन्तुष्ट रहेको धारणा व्यक्त गरे ।
सचिव मैनालीले खेलकुद मन्त्रालयमा रहँदा कर्मचारीबाट सहयोग पाएको बताउदै आफ्नो हालसम्मको सेवा अवधिमा कुनैपनि निकायमा बस्दा आफूलाई कहिलै अफ्ठेरो महशुस नभएको बताए ।
सह–सचिव पौडेलले सचिव मैनाली शालिन र बौद्धिकताको धनी व्यक्ति भएको बताउदै खेलकुद मन्त्रालयमा १० महिने अवधिमा सचिव मैनालीले नेतृत्वदायी भूमिका निर्वाह गरेको बताए ।
अर्का सह–सचिव तेजराज पाण्डेले सरुवा नियमित प्रकृया भएको बताउदै नयाँ जिम्मेवारीलाई पनि सचिव मैनालीले सफलतापूर्वक सम्पन्न गर्ने विश्वास व्यक्त गरे ।
Comments
अरु समाचार
-
ला लिगाको उपाधि रियल मड्रिडको पोल्टामा
काठमाडौं । रियल मड्रिडले ३६औं पटक स्पानिस ला लिगाको उपाधि जितेको छ । ला लिगामा दोस्रो स्थानको बार्सिलोना शनिबार राति...
-
वेस्ट इन्डिज ‘ए’ माथि नेपालको ६ विकेटको जीत
काठमाडौं । ओपनर आसिफ शेख र अनिल साहको अर्धशतकप्रेरित नेपालले ट्वान्टी–२० शृंखलाको अन्तिम खेलमा वेस्ट इन्डिज ‘ए’विरुद्ध ६ विकेटको सहज...
-
आईपीएल: शीर्ष स्थानको राजस्थानमाथि हैदरावादको १ रनको सनसनीपूर्ण जित
काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा शीर्ष स्थानको राजस्थान रोयर्ल्समाथि सनराइजर्स हैदरावादले १ रनको सनसनीपूर्ण जित निकालेको...
-
वेस्टइन्डिज ‘ए’ले जित्यो टस, नेपालले पायो फिल्डिङको निम्तो
काठमाडौं । वेस्ट इन्डिज ‘ए’ सँगको चौथो खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा...
-
टी-२० सिरिज अन्तर्गत नेपालले आज वेस्टइन्डिजसँग चौंथो खेल खेल्दै
काठमाडौं । वेस्टइन्डिज ए सँगको टी-२० सिरिजअन्तर्गत नेपालले आज चौंथो खेल खेल्दैछ । खेल दिउँसो १२ स् १५ मा त्रिवि...
-
आइपीएलः पञ्जाबले चेन्नईमाथि ७ विकेटको सहज जित हात हात पार्यो
काठमाडौं । पञ्जाब सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को ४९ औं खेलमा चेन्नई सुपर किंग्समाथि ७ विकेटको सहज...
-
राेहितकाे कप्तानीमा टी–२० विश्वकप खेल्ने नेपाली टाेलीकाे घाेषणा
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले विश्वकप खेल्ने नेपाली टोलीको घोषणा गरेको छ । बुधबार क्यानले टिमको घोषणा गरेको हो ।...
-
वेस्ट इन्डिज ‘ए’द्वारा नेपालसामु २२८ रनको लक्ष्य
काठमाडौं । टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ले नेपालसामु जितका लागि दुई सय २८ रनको लक्ष्य प्रस्तुत गरेको छ...
-
टस हारेर फिल्डिङ गर्दै नेपाल, दीपेन्द्र सिंहको कप्तानी
काठमाडाैं। पाँच खेलको टी–२० श्रृङ्खला अन्तर्गत आज नेपाल र वेस्ट इन्डिज ‘ए’ बीच तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ले टस जितेर...