ताजा समाचार

पोर्न स्टारसँग प्रियंकाको साँठगागाँठ

priyanka-sunnyन्यूयोर्क । प्रियंका चोपडा र पोर्न स्टार सनी लियोनीले अमेरिकाको न्यूयोर्कमा दिउँसो एक दिनभरि बिताएका छन् । प्रियंका र सनीले सेल्फी लिनुका साथै प्रशंसकहरूसँग पनि फोटो खिचाएका थिए ।

केही महिना पहिले प्रियंकाले सनी लियोनीसँग फोटो खिचाउने छैन भनेर प्रतिक्रिया दिएकी थिइन् । तर प्रियंकाले न्यूयोर्कमा पोन स्टार सनी लियोनीसँग मज्जाले सेल्फी लिएर रमाइलो गरेको सनीले बताएकी छिन् ।

‘बाजीराव मस्तानी’का कलाकारहरूले एक पुरस्कार समारोहमा पोर्न स्टार सनी लियोनीसँग तस्बिर खिँचाउन मानेका थिएनन् । सनी लियोनीले यसलाई आफूले हल्का रुपमा लिएको टिप्पणी गरेकी थिइन् ।

३४ वर्षीया प्रियंका र सनीले पछि तस्बीर खिच्न नमानेको विषयमा ट्वीट गरेर समाचारको खण्डन गरेका थिए । न्यूयोर्क फैशन वीक २०१६ मा भाग लिन आएकी पोर्न स्टार ३५ वर्षीया सनी लियोनीले प्रियंकासँग तस्बिर खिचेर सोशल मिडियामा राखेर तस्बिर खिचाउन नचाहेका भन्ने समाचारहरूको खण्डन गरेकी छिन् ।

पोर्न स्टार सनी लियोनीले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘प्रियंका चोपडासँग दिउँसो अत्यन्तै रमाइलो भयो, न्यूयोर्कमा रमाइलो समय । लव… तिमी अत्यन्तै राम्री छौँ ।’ – एजेन्सी

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org