ताजा समाचार

कपिल शर्मालाई फेरि अर्को झड्का,तीन बर्षसम्म जेल सजाय हुन सक्ने

kapil_660_090713113837

काठमाडौं, ४ असोज । बलिउड अभिनेता तथा कमेडियन कपिल शर्मा विरुद्ध मुम्बईको वर्सोवा पुलिस स्टेशनमा फेरि अर्को उजुरी दर्ता भएको छ । कपिलले पर्यावरण नियमको उल्लंघन गरेको भन्दै उनकाविरुद्ध  जुरी दर्ता गरिएको मुम्बई प्रहरीले जानकारी जनाएको छ ।

कपिलले गत बर्षको नोभेम्बर ७ मा अन्धेरी पश्चिमको म्हाडा कोलोनीअन्तर्गत पर्ने फोर बंगलोज इलाकामा एक बंगला किनेका थिए । उक्त बंगलामा कपिलले केही अवैध निर्माणका काम गरे र त्यहाँबाट निस्कने फोहोरलाई आफ्नो बंगलाको पछाडिको भागमा फालेपछि उनीमाथि आरोप लगाईएको हो । नियमको उल्लंघन गरेको भन्दै उपनगरीय राजस्व विभागका निर्देशकले कपिल विरुद्ध उजुरी दायर गरेको हो । एक हप्ताभित्र कपिल विरुद्ध दुई उजुरी दर्ता भएको प्रहरीले जनाएको छ ।

यसअघि कमेडियन कपिल र अर्का अभिनेता इरफान खान विरुद्ध अवैध निर्माणको केसमा उजुरी दायर गरिएको थियो । यदि यो आरोप प्रमाणित भएमा दुवैलाई एक महिनादेखि तीन बर्षसम्मको जेल सजाय हुन सक्ने बताइएको छ । त्यस्तै, दुई हजारदेखि पाँच हजार रुपयाँसम्म जरिवाना तिराउन सकिने बताइएको छ ।  एजेन्सीको सहयोगमा गीता नेम्वाङ 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org