ताजा समाचार

हलिउडका गोल्डेन जोडी हुने भए अब अलग

brad-pitt-1024

काठमाडौं, ५ असोज । हलिउडमा गोल्डेन कपल्सको रुपमा चिनिएका अभिनेत्री एञ्जेलिना जोली र अभिनेता ब्रान्ड पिट अब अलग हुने भएका छन् । दुई बर्षे बिवाह सम्बन्धलाई अन्त्य गर्दै एञ्जेलिना जोलीले ब्रान्ड पिटसँग सम्बन्ध विच्छेदका लागि निवेदन दिएको खबर छ ।

जोलीले सम्बन्ध विच्छेदका लागि निवदेन दिनुपर्ने कारण खुलाउँदै उनीहरु दुईबीच यस्तो मतभेद उत्पन्न भयो, जसलाई सुल्झाउन नसक्ने बताएकी छिन् । समाचारामा जनाईए अनुसार ४१ बर्षीया अभिनेत्री जोलीले सोमबार कानुनी दस्तावेज दायर गरेकी छन् र उनले अफ्ना ६ सन्तानको रेखदेखको जिम्मेवारी पनि मागेकी छिन् । उनले सन्तानहरु पिटसँग समय समयमा भेट्न सक्ने बताएकी छिन् ।

जोजी नजिकको सुत्रले जनाएअनुसार, जोली आफ्नो सन्तानको हेरचाहप्रति निकै संवेदनशील छिन् र पिटको हेरचाह गर्ने तरिकाबाट असन्तुष्ट बनेको कारण उनले अलगिने निर्णय लिइन् । जोली र पिटले दश बर्ष सँगै बसेपछि २०१४मा विवाह गरेका थिए । उनिहरु पछिल्लो पटक २०१५ को नोभेम्बरमा एक समारोहबीच एकसाथ देखिएका थिए ।एजेन्सीको सहयोगमा न्युज -नेपाल

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org