शुक्रबारदेखि हलहलमा ‘झुम्की’
काठमाडौँ, ६ असोज । दाङका थारु समुदायको जनजीवनलाई आधार बनाएर तयार पारिएको नेपाली कथानक चलचित्र ‘झुम्की’ शुक्रबारदेखि प्रदर्शनमा आउने भएको छ ।
अपिल विष्टले निर्देशन गर्नुभएको पहिलो चलचित्र ‘झुम्की’मा द्वन्द्वकालीन समयको एउटा पाटोलाई समेटिएको छ । तत्कालीन नेकपा माओवादीले युद्धविराम गरेको समयलाई समेटिएको ‘झुम्की’ नारीप्रधान चलचित्र भएको निर्माण पक्षले जनाएको छ ।
सिनेमा आर्टस्को प्रस्तुति रहेको यस चलचित्रमा निर्देशक विष्टकै लगानीे छ । विष्टले यसअघि ‘दासढुङ्गा’ र ‘ऋतु’ जस्ता चलचित्र निर्माण गरिसक्नुभएको छ ।
स्थानीय थारु भाषासमेत प्रयोग गरिएको ‘झुम्की’को कथा रामबाबु गुरुङले लेख्नुभएको हो । चलचित्रमा रिश्मा गुरुङ, दयाहाङ राई, मनोज आरसी, भोलाराज सापकोटा, विजय बराल, प्रमोद अग्रहरी, मलिना जोशी, निश्चल बस्नेत, विजय बराल, सुष्मिता कार्की, प्रेमबहादुर खड्कालगायतले अभिनय गरेका छन् । रिश्मा चलचित्र ‘कबड्डी कबड्डी’की नायिका हुनुहुन्छ । उहाँले चलचित्र ‘झुम्की’मा मुख्य पात्र झुम्कीकै भूमिका निर्बाह गर्नुभएको छ ।
चलचित्रमा कालीप्रसाद बाँस्कोटा र हेमन्त रानाको सङ्गीत रहेको छ । चलचित्रबाट आशावादी रहेका निर्देशक विष्टले ‘झुम्की’ले सामाजिक यथार्थता रहस्यहात्मक ढङ्गले देखाएको बताउँदै यसबाट दर्शकले पूर्ण मनोरञ्जन लिने बताउनुभयो ।
कान्छी महिला निर्देशकको ‘तँ म र उ’
युवा महिला निर्देशक लछु गौतमले निर्देशन गरेको पहिलो नेपाली कथानक चलचित्र ‘त म र उ’को प्रोमो आज सार्वजनिक भएको छ ।
यहाँ आयोजित कार्यक्रममा चलचित्रको प्रोमोसहित दुई वटा गीतसमेत सार्वजनिक गरियो । जसमा शीर्ष गीत ‘त म र उ’ र ‘आज मेरो घरमा आउने’ थिए । चलचित्रमा जम्मा पाँच गीत समावेश छन् । त्रिकोणात्मक प्रेम कथामा आधारित उक्त चलचित्र आगामी मङसिर १७ गते देशभर प्रदर्शन गरिने भएको छ ।
हालसम्म नेपालमा आठ महिला निर्देशकले चलचित्र निर्देशन गरिसकेको बताइएको छ । जसमा वर्तमान निर्देशक समाजका अध्यक्ष सुचित्रा श्रेष्ठ, दीपाश्री निरौला आदि छन् । जसमध्ये २७ वर्षीय गौतम नै सबभन्दा ‘कान्छी’ निर्देशक भएको बताइएको छ ।
अहिले निर्देशक निरौलाको ‘छक्कापन्जा’ प्रदर्शनमा छ र अत्याधिक सफल भइराखेको छ । तसर्थ पनि अर्की महिला निर्देशकको चलचित्रलाई चासोको रुपमा हेरिएको बताइएको छ ।
सुदिन प्रसाईंको लेखन रहेको सो चलचित्र नवराज प्रसाईं, पदम प्रसाईं र रवीन्द्र पराजुलीले निर्माण गरेका हुन् । चलचित्रमा आमेश भण्डारी, नीता ढुङ्गाना, सुदिन प्रसाईं, दिनेश डिसी आदि कलाकारको अभिनय छ । त्यस्तै आमेश भण्डारी र सागर गौतमको सङ्गीत छ ।
जोमसोम, कागबेनी, मुक्तिनाथ, काठमाडौँलगायतका ठाउँमा चलचित्रको छायाङ्कन गरिएको छ । यसका छायाँकार शम्भु सापकोटा हुनुहुन्छ ।
निर्देशक गौतमले कुनै पनि विदेशी चलचित्रको नक्कल नगरी विशुद्ध नेपाली परिवेशलाई आधार बनाएको चलचित्र भएकाले दर्शकले मनपराउने बताउनुभयो ।
Comments
अरु समाचार
-
गायक रवि ओड प्रहरी नियन्त्रणमा
धनगढी । वैवाहिक बलात्कारसम्बन्धी मुद्दामा नेपाल आइडल विजेता रवि ओडले प्रहरीमा आत्मसर्मपण गरेका छन् । कञ्चनपुरको कृष्णपुर नगरपालिकाका ओडले बिहीबार...
-
तनहुँमा चलचित्र निर्माण कार्यशाला
काठमाडाैँ । जिल्लाको भिमाद नगरपालिका–२ रघुगाउँमा मगर चलचित्रकर्मी सङ्घको आयोजनामा प्रयोगात्मक चलचित्र निर्माण कार्यशाला सम्पन्न भएको छ । दोस्रो विश्वयुद्धमा...
-
‘जानकी साहित्यिक पुरस्कार’ भण्डारीलाई
काठमाडौं । विक्रम संवत् २०८० को जानकी साहित्यिक पुरस्कार गुल्मीका साहित्यकार ठाकुर शर्माभण्डारीलाई प्रदान गरिने भएको छ । ‘जानकी प्रतिष्ठान’...
-
नेपथ्यको नयाँ वर्ष स्वागत पूर्वेली सहर बिर्तामोडबाट
काठमाडौं । बिक्रम सम्वत २०८१ को पहिलो सूर्योदयभन्दा अघिल्लो साँझ नेपथ्य पूर्वी नेपालको बिर्तामोडमा प्रस्तुत हुने भएको छ । झापा...
-
डा. अनिलको पुस्तक बिक्रीबाट प्राप्त रकमबाट देशैभर छात्रवृत्ति प्रदान गरिने
काठमाडौं । मुटुरोग विशेषज्ञ डा.ओम मूर्ति अनिलद्वारा लिखित ‘जीवन्त सम्बन्ध’ बिक्रीबाट प्राप्त रकम देशका ७७ जिल्लाका गरिब तथा जेहेन्दार विद्यार्थीलाई...
-
गायक रवि ओडविरुद्ध पत्नीले हालिन् बलात्कारको जाहेरी, पक्राउ पुर्जी जारी
काठमाडाैँ । गायक रवि ओडविरुद्ध उनकी श्रीमतीले वैवाहिक बलात्कारको आरोपमा प्रहरीमा जाहेरी दिएकी छन्। उनले इलाका प्रहरी कार्यालय झलारीमा जाहेरी...
-
राजेशपायल राई रिहा
काठमाडौं । गायक राजेशपायल राई रिहा भएका छन् । गएराति २ बजे काठमाडौंको मदनभण्डारी कलेजनजिकैबाट मदिरा पिएर हो–हल्ला गरेको आरोपमा...
-
कविद्वय ठाकुर बेलबासे र खेमनाथ दाहाललाई ‘व्यथित काव्य सम्मान-२०८०’
काठमाडौं । साहित्यिक पत्रकार सङ्घले कवि ठाकुर बेलबासे र कवि खेमनाथ दाहाललाई ‘व्यथित काव्य सम्मान-२०८०’ प्रदान गर्ने भएको छ।...
-
षड्यन्त्र र घेराबन्दी गरिएको भन्दै ‘काँडेतार’ चलचित्र कुनै पनि हलमा नचलाउने घोषणा
काठमाडौ । शुक्रबारबाट प्रदर्शनमा आएको नेपाली चलचित्र ‘काँडेतार’को निर्माण पक्षले देशैभरिका सिनेमा हलमा आजैदेखि आफ्नो चलचित्र नचलाउने निर्णय लिएको छ।...