ताजा समाचार

यी नायिका बोल्ड सिन भनेपछि हुरुक्कै हुन्छिन

14459776_862027977260770_296588233_n

एजेन्सी, ६ असोज । बलिउड अभिनेत्री राधिका आप्टे आफ्नो फिल्मी करियरमा अभिनय वाहेक बोल्ड ‘कामुक’ दृश्यका लागि चर्चित छिन् । उनीले खेलेको प्रत्येक फिल्ममा एक कामुक दृश्य राखिएकै हुन्छ ।

हिजोआज राधिका आफ्नो पछिल्लो फिल्म ‘पार्च्ड’ मा दिएको नयाँ दृश्यलाई लिएर निकै चर्चामा छिन् । यसबारे राधिकाले एक भारतीय मिडियालाई अन्तवार्ता दिने क्रममा आफूलाई फिल्ममा बोल्ड सिन दिन कुनै अप्ठ्यारो वा झन्झट नलाग्ने बताएइन् ।

राधिका भन्छिन्, ‘मलाई लाग्छ, जो कोही एकअर्काको शरीर हेर्न लालायित हुन्छन्, फेरि म किन आफ्नो शरीरदेखि लजाउँ ? यही एउटा यस्तो माध्यम हो, जहाँ म एक कलाकारको रुपमा आफ्नो शरीरलाई उपयोग गर्छु ।’

उनले आफ्नो पछिल्लो फिल्म ‘पार्च्ड’ मा दिएको बोल्ड सिनबारे कुनै पनि किसिमको पछुताव वा बोझ नभएको बताइन् । उनी भन्छिन्, ‘मलाई केही फरक पर्दैन, मेरो लागि जे आवश्यक छ त्यो काम गर्छु । त्यसैले पनि मलाई यस्तै बोल्ड खालका भूमिकाको बढी अफर आउँछन् ।’

राधिकाले फोबिया, अहिल्या, बदलापुर र माझी द माउन्टेनमेन जस्ता फिल्ममा अभिनय गरेर बलिउड उद्योगमा स्थिापित भइसकेकी छिन् । उनको आगामी फिल्म पाच्र्ड २३ सेप्टेम्बरबाट रिलिज हुँदैछ । 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org