ताजा समाचार

नेपालमा शुटिङ भएको हलिउड फिल्मको ट्रेलर रिलिज

doctorstrageलसएञ्जलस । नेपालका विभिन्न ठाउँमा खिचिएको हलिउड फिल्म ‘डक्टर स्ट्रेञ्ज’को ट्रेलर रिलिज भएको छ ।

सार्वजनिक गरिएको दुई मिनेट २१ सेकेन्डको ट्रेलरमा स्वयम्भुनाथ, ठमेल, न्यूरोड र पाटन दरबार स्क्वायरमा खिचिएका विभिन्न दृश्यहरू समेटिएका छन् ।

फिल्म नेपालका साथै अमेरिका, बेलायत र हङकङमा समेत खिचिएको छ । स्टक डेरिक्सनको निर्देशनमा बनेको फिल्म खिच्नका लागि फिल्म युनिट सन् २०१५ नोभेम्बरमा नेपाल आएको थियो ।

यसै वर्ष नोभेम्बर ४ मा रिलिज हुने यस फिल्ममा बेन्डिक्ट कम्बरब्याक, चिवेटल एजिअफर, याचेल म्याकआडम्स, माइकल स्टुलबर्ग, म्याड्स मिकेल्सन आदिको अभिनय रहेको छ । – एजेन्सी

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org