ताजा समाचार

गायक कुवेर राईको ‘दुई दिनको जिन्दगानी’को छायांकन सम्पन्न

music-fina

झापा, ७ असोज । चर्चित गीत ‘मायाले मुल बाटो भुलेछ’का गायक कुवेर राईको ‘दुई दिनको जिन्दगानी करकलाको पानी’ बोलको नयाँ गीत म्युजिक भिडियोसहित बजारमा आउने भएको छ ।

पुर्वेली स्रष्टाका रुपमा चिनिने कुबेर राई पछिल्लो पटक आफ्नो नयाँ गीतलाई म्युजिक भिडियोमा उतार्दै बजारमा ल्याउने तयारीमा छन् । सिन्चेन काजीको शब्द रहेको यस गीतलाई पुजन प्रधानले संगीत दिएका छन् ।

यस गीतको छायांकन भर्खरै सम्पन्न भएको छ । लोकेश अधिकारीकोे छायांकन रहेको यस म्युजिक भिडियामा युवा नृत्य निर्देशक नरमान राईले कोरियोग्राफी गरेका छन् ।

पुर्वेली भेषभूषा, संस्कृति झल्काइएको यस म्युजिक भिडियोमा कलाकार ओसिन लिम्बू आंदेम्बे र ड्रिज अर्जुनको अभिनय रहेको छ । राष्ट्रिय गायन प्रतियोगिताका विजेता गायक कुवेर राईका ‘टाढा भए के भो मायालु’,नौ रङ्गी फुलवारी देखेर’ लगायत गीतहरु चर्चित छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org