ताजा समाचार

मण्डलामा सरुभक्तको ‘ज्यानमाया’ मञ्चन

14344276_1275132672511479_817095166756466425_n

न्युज-नेपाल संवाददाता/काठमाडौं, ९ असोज । प्रेम, सङ्घर्ष र दुःखदको सम्मिश्रण भएको ‘ज्यानमाया’ नृत्य नाटिका अनामनगरस्थित मण्डला थिएटरमा मञ्चन भैरहेको छ । 

चर्चित साहित्यकार सरुभक्तद्वारा लिखित कथामा आधारित ‘ज्यानमाया’ मा प्रेम गर्न सजिलो हुन्छ तर भूमिका निर्वाह गर्न गाह्रो हुन्छ भन्ने कुरालाई नाटकमा देखाईएको छ । त्यस्तै प्रेमील मनले आँटेपछि संसारको कुनै कुराले रोक्न सक्दैन भन्ने सन्देश नाटकले दिन्छ । 

कुशल नृत्याङ्गना समेत रहेकी नम्रता केसीको निर्देशन एवम् परिकल्पनामा रहेको उक्त नाटकमा नृत्यद्वारा नै भाव व्यक्त गरिएको छ । 

गाउँबाट भागेर बिवाहा गरेका एक युगल जोडीको प्रेमकथा नाटक ज्यानमायाको मूल विषयवस्तु रहेको छ । भाग्यले सताइएका र विपन्न वर्गको प्रतिनिधित्व गर्ने मने र कान्छीले आप्mनो प्रेम बचाउ गरेको प्रेम संघर्षलाई संगीत र नृत्यको माध्यमबाट नाटकको कथानकमा बुनिएको छ । 

नाटकका पात्र मने र कान्छिको प्रेम प्रसङ्गबाट नाटक सुरु हुन्छ । मौलिक नेपाली गाउँले परिवेशबाट नाटकका दृश्य झल्किन्छन् । आर्थिक स्थिति अत्यन्त कमजोर भएका मने र कान्छी   घरबाट भागेर सहर आउँछन् । सहरमा आएर पनि उनीहरुको दुःखको अन्त्य हुँदैन । दुवै पहाडबाट स्याउ बोकेर बजार ल्याउने भरिया समुहसँग मिसिन्छन् । भरियाको कष्टपूर्ण जीवनलाई उनीहरुले प्रतिनिधित्व गर्छन् । भारी बोक्ने क्रममा भीरबाट चिप्लिएर लडेपछि मनेको मृत्यु हुन्छ । मनेको मृत्युको खबर सुनेर कान्छीले पनि प्राण त्याग्छिन् । सुन्दर घर बसाउने उनीहरुको सपना अधुरै रहन्छ ।

आप्mनो गीतिकाव्य नाटकमा रुपान्तरण भई रंगमञ्चमा प्रस्तुत भएपछि सरुभक्तले खुसी हुँदै ज्यानमाया बारे भन्नुहुन्छ, ‘ देश र जीवनमा अनेक सौन्दर्य छन् । जहाँ सौन्दर्य छन् त्यहाँ कुरुप पनि विद्यमान छन् । यिनै सुन्दरता र कुरुपताबीच जीवनको अर्थवता खोज्दा ज्यानमाया जन्मेको हो । मायाका धेरैधेरै कथाहरुमध्ये ज्यानमाया हिमाल–पहाड धरातलमा रचना गरिएको संघर्षशील श्रमजीवी कथाब्यथा हो र यही रुपमा मलाई यो गीतिकाव्य प्रिय लाग्छ उहाँले भन्नुभयो ।

सोमबारबाहेक हरेक साँझ पाँच बजे करिब एक घण्टा मञ्चन भैरहेको नाटक ज्यानमायामा प्रतीक दुलाल, कृपा बज्राचार्य, रियर राई, निशा कार्की, संयोग गुरागाईं, शारदा अधिकारी, कुन्ती सिमाली, सुरज श्रेष्ठ, मनिषा थापा बस्नेत र नेहा तामाङको अभिनय देख्न सकिन्छ । नाटक यही असोज १५ गतेसम्म मञ्चन हुनेछ । 

थप तस्बिर

14441194_1274169939274419_6849146795294198402_n

24092016021855jyanmaya-copy-600x0

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org