यसरी महिलाको ‘भर्जिनिटी रिपेयर’ गरेर पुनस् कुमारीत्व प्राप्त गर्न सकिन्छ !
म २५ वर्षीया अविवाहित युवती हुँ । मैले विवाहपूर्व नै पटकपटक यौन सम्पर्क राखिसकेको छु । घरमा मेरो विवाह गर्ने कुरा चलिरहेको छ । विवाहपछि श्रीमान्ले विवाहपूर्व मैले यौनसम्पर्क राखेको थाहा नपाऊन् भन्ने चाहन्छु । यसको लागि मैले के उपाय अपनाउन सक्छु ? -भी
सामान्यतयाः विवाहपूर्व यौनसम्पर्क राखेको सजिलै थाहा हुँदैन । तर, धेरै महिलामा विवाहपूर्व यौनसम्पर्क राखेको कुरा श्रीमान्ले थाहा पाउँछन् कि भन्ने डर रहेको पाइन्छ । विवाहपूर्व यौनसम्पर्क राखेर मात्रै होइन, अन्य कारणले पनि कुमारीत्वको मापदण्ड मानिने महिलाको योनिमा हुने झिल्ली च्यातिन सक्छ । तर, नेपालका केही समुदायमा अझै विवाहपछि हुने पहिलो सहवासमा ओछ्यानमा रगतको टाटो हुनुपर्ने मान्यता विद्यमान छ । कतिपयले त्यो झिल्लीको दुरुस्तीसँग महिलाको चरित्र दाँज्ने भएकाले विवाह गर्ने समय नजिकिँदा कुमारीत्व पुनः प्राप्ति (भर्जिनिटी रिपेयर) का लागि तपाईंको जस्तै जिज्ञासा राख्नेहरू बढेका छन् ।
सर्जरीको माध्यामबाट ‘कुमारीत्व’को पुनप्र्राप्ति हुने विषयका पक्ष–विपक्षमा विश्वमै विविध धारणा छन् । तर, मेडिकल दृष्टिकोणले भने ‘भर्जिनिटी रिपेयर’मार्फत कुमारीत्व पुनप्र्राप्त गर्न सकिन्छ । एकचोटि यौनसम्पर्क राख्दा वा अन्य कुनै तरिकाले योनिमा रहेको उक्त पातलो झिल्ली च्यातिन्छ । च्यातिएको उक्त झिल्ली योनिको भित्री भागमा रिङको आकारमा बसेको हुन्छ र सर्जरीमार्फत पहिलेकै अवस्थामा ल्याएर सिलाएर राखिन्छ । पहिलो सहवासमा रगत आउने भनेको सोही झिल्ली च्यातिएर हो । सो झिल्ली च्यातिएर योनिको भित्री भागमा रिङजस्तो बनेर बस्छ । यसलाई सिलाएर पुरानै अवस्थामा ल्याउन सकिन्छ ।
योनिमा मात्र अहिले भेजाइनल टाइटिङ, भेजाइनल रिकन्ट्रक्सन, ल्याबियाप्लास्टी, ल्याबिया रिडक्सन र हाइमेनोप्लास्टीजस्ता कन्सट्रक्टिभ सर्जरी हुन्छन् । भर्जिनिटी रिपेयरबाहेक भेजाइनल रिकन्सट्रक्सन (योनि टाइट पार्ने) र ल्याबिया रिडक्सन (योनि सानो पार्ने) प्रक्रिया पनि नेपालका शहरिया महिलाले अपनाइरहेका छन् । ‘भेजाइनल रिकन्सट्रक्सन’ अर्थात् योनि टाइट पार्ने प्रक्रियामा योनिद्वार सानो पारिने गरिन्छ भने ल्याबिया रिडक्सनमा योनि वरिपरिको भागलाई नै सानो पारिने हुन्छ ।
विशेष गरी, टाइट पाइन्ट वा ट्राउजर लगाउने चाहना राख्नेहरूलाई कहिलेकाहीँ योनिको सेप कपडामा देखिएर लाजमर्दाे हुन्छ । सन्तानका आमा भइसकेका पाका महिलाको बच्चा जन्माउँदा योनि वरिपरिको मांसपेशी तन्किएर योनिको बाहिरी छालाको पत्र झोल्लिन सक्छ । जसले गर्दा टाइट कपडा लगाउँदा योनिको सेप देखिन्छ । उक्त अनावश्यक छालाको पत्रलाई फालेर सामान्य अवस्थामा ल्याउने प्रक्रिया अर्थात् ‘लिबिया रिडक्सन’ बाट गरिन्छ ।
भेजाइनल डेलिभरी हुँदा योनि र योनि वरिपरिको मांसपेशी लुज हुन्छ । जसले गर्दा योनि खुकुलो हुन्छ । यस्तो बेलामा आराम गर्न नपाउने तथा गह्रुँगो भारी बोक्नुपर्ने महिलाहरूको पाठेघर खस्ने सम्भावना अधिक हुन्छ । बेलैमा ‘भेजाइनल रिपेयर’ अपरेसन गर्न सक्ने हो भने पाठेघर खस्ने समस्याबाट महिलालाई जोगाउन सकिन्छ । ‘भेजाइनल रिपेयर’का लागि गरिने अपरेसन त्यति ठूलो हुँदैन । यो अपरेसनका लागि बेहोस बनाउनु पर्दैन । अपरेसन गर्ने ठाउँमा नदुख्ने सुई लगाएर ४५ मिनेटदेखि एक घण्टाको बीचमा ‘भेजाइनल रिपेयर’को अपरेसन सम्पन्न गर्न सकिन्छ ।एजेन्सी
Comments
अरु समाचार
-
‘जानकी साहित्यिक पुरस्कार’ भण्डारीलाई
काठमाडौं । विक्रम संवत् २०८० को जानकी साहित्यिक पुरस्कार गुल्मीका साहित्यकार ठाकुर शर्माभण्डारीलाई प्रदान गरिने भएको छ । ‘जानकी प्रतिष्ठान’...
-
नेपथ्यको नयाँ वर्ष स्वागत पूर्वेली सहर बिर्तामोडबाट
काठमाडौं । बिक्रम सम्वत २०८१ को पहिलो सूर्योदयभन्दा अघिल्लो साँझ नेपथ्य पूर्वी नेपालको बिर्तामोडमा प्रस्तुत हुने भएको छ । झापा...
-
डा. अनिलको पुस्तक बिक्रीबाट प्राप्त रकमबाट देशैभर छात्रवृत्ति प्रदान गरिने
काठमाडौं । मुटुरोग विशेषज्ञ डा.ओम मूर्ति अनिलद्वारा लिखित ‘जीवन्त सम्बन्ध’ बिक्रीबाट प्राप्त रकम देशका ७७ जिल्लाका गरिब तथा जेहेन्दार विद्यार्थीलाई...
-
गायक रवि ओडविरुद्ध पत्नीले हालिन् बलात्कारको जाहेरी, पक्राउ पुर्जी जारी
काठमाडाैँ । गायक रवि ओडविरुद्ध उनकी श्रीमतीले वैवाहिक बलात्कारको आरोपमा प्रहरीमा जाहेरी दिएकी छन्। उनले इलाका प्रहरी कार्यालय झलारीमा जाहेरी...
-
राजेशपायल राई रिहा
काठमाडौं । गायक राजेशपायल राई रिहा भएका छन् । गएराति २ बजे काठमाडौंको मदनभण्डारी कलेजनजिकैबाट मदिरा पिएर हो–हल्ला गरेको आरोपमा...
-
कविद्वय ठाकुर बेलबासे र खेमनाथ दाहाललाई ‘व्यथित काव्य सम्मान-२०८०’
काठमाडौं । साहित्यिक पत्रकार सङ्घले कवि ठाकुर बेलबासे र कवि खेमनाथ दाहाललाई ‘व्यथित काव्य सम्मान-२०८०’ प्रदान गर्ने भएको छ।...
-
षड्यन्त्र र घेराबन्दी गरिएको भन्दै ‘काँडेतार’ चलचित्र कुनै पनि हलमा नचलाउने घोषणा
काठमाडौ । शुक्रबारबाट प्रदर्शनमा आएको नेपाली चलचित्र ‘काँडेतार’को निर्माण पक्षले देशैभरिका सिनेमा हलमा आजैदेखि आफ्नो चलचित्र नचलाउने निर्णय लिएको छ।...
-
इलामको रमणीय पाखामा नेपथ्य गुञ्जदै
काठमाडौं । सात दसकअघि मुलुकका मूर्धन्य साहित्यकारहरु भेलाभएर इतिहास रचेको पूर्वी नेपालको एउटा रमणीय मैदानमा आउँदो साता नेपाली लोकरक भाका...
-
मुस्ताङका तीन गाउँले थकालीले ‘त्युङ्ला पर्व’ मनाए (फाेटाेफिचर)
काठमाडौं । काठमाडौंमा मुस्ताङका तीन गाउँले थकालीले त्युङ्ला पर्व मनाएका छन् । काठमाडाैँकाे स्वयम्भु स्थित तीन गाउँले थकाली सेवा समाजकाे...