ताजा समाचार

बिनिता बराल अभिनित ‘परदेशीको उमंग’ कात्तिक दोस्रो साता रिलिज हुने

shivako-umangaकाठमाडौं । नायिका बिनिता बरालले अभिनय गरेको पछिल्लो चलचित्र ‘परदेशीको उमंग’ प्रदर्शनको संघारमा छ । कत्तिक १२ गतेबाट देशभर प्रदर्शन अह्ने चलचित्रलाई लामो समय नृत्य निर्देशन गरेका शिव शर्माले निर्देशन गरेका छन् । फिल्ममा अर्जुन पोखरेलको शब्द तथा संगीत छ ।

अक्टुवर १५ बाट अष्ट्रेलियाको विभिन्न ठाँउमा समेत प्रदर्शन गरिने चलचित्रमा भारतीय गायक नाकाश अजिजको पाश्र्व गायन रहेकोछ । चलचित्रका निर्देश्ँक शिव शर्माको कोरियोग्राफी रहेको यो गीतमा नायिका बिनिता बराल तथा नायक कुमार बिसीले आकर्षक नृत्य गरेका छन् ।

कुमार बिसीद्वारा निर्मँण गरिएको यो चलचित्रमा बिनिता बराल, कुमार बिसी, सीपी पौडेल, रामबाबु रेग्मी, शिव शर्मा, शिला श्रेष्ठ, रमेश पोखरेल, वसन्त अधिकारी आदि कलाकारले अभिनय गरेका छन् ।

तिहारको पूर्व सन्ध्यामा प्रदर्शन हुने यो चलचित्रको अधिकांश छायांकन दुबईमा गरिएको छ । ‘परदेशीको पीडा कि त भोग्नेलाई थाहा हुन्छ कि चलचित्र परदेशीको उमंग हेर्न दर्शकलाई थाहा हुन्छ’ भन्ने नारा बोकेको यो चलचित्रमा मनमा उमंग बोकेर विदेशिएको परदेशीको कथाव्यथा समेटिएको निर्देशक शिव शर्माको दावी छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org