ताजा समाचार

दशैंलाई साहित्यमय बनाउन गजल महोत्सव आयोजना

images

भक्तपुर, १६ असोज । दसैँको आगमनसँगै दशैंलाई साहित्यमय बनाउन नगरकोट नगरपालिका, ताथलीमा गजल महोत्सव आयोजना गरिएको छ ।

शनिबार आयोजित कार्यक्रममा गजलगो रामबहादुर पहाडी र रोशनकुमार राजभण्डारी, प्रा डा चूडामणि बन्धुले ताथलीका नवोदित गजलगो तथा स्रष्टाको प्रयासका कारण ताथली गजलग्राम बनेको बताउनुभयो ।

महोत्सवमा सहभागी गजलगोले देशले अहिले भोगिरहेका विभिन्न समस्यालाई विषयवस्तु बनाएर गजल वाचन गरेका थिए । कार्यक्रममा विकास प्रहर, प्रदीप मैनाली, राजेन्द्र कोजू, सागर समिर, आरती ढकाल, सञ्जिता पन्थ, दिलकुमार बाला, सिर्जना बस्नेत, अमृत थुयाजु, रमेश ‘कर्मशील मान्छे’, इच्छा इरानी, खोजक हरि, शीतल ‘दा¥ही भाइ’, आशिष तामाङ, प्रशान्त तामाङ लगायतले समसामयिक विषयमा गजलवाचन गर्नुभएको थियो भने गजल गायक राजसागरले गजल गाउनुभएको थियो ।

त्यसैगरी स्थानीय रोम्बस नेसनल सेकेन्डरी स्कुलले शिक्षक, अभिभावक र विद्यार्थीलाई एकै ठाउँमा सहभागी गराई गजल तथा विभिन्न रचनावाचन गराएर दसँै कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा स्कुलका प्रिन्सिपल राजेन्द्र कोजूले लेखेको ‘मेरो सपनाको अर्को कुनै गाउँ छैन÷सजाउन तिमीलाई कुनै ठाउँ छैन’ गजललाई अभिभावक प्रभात थापाले स्वर र सङ्गीत दिएर गाउनुभएको थियो । सो अवसरमा विद्यालय निरीक्षक विमल निरौला, गायक तथा सङ्गीतकार राजसागर, गायिका दीपा पन्त र निशा योञ्जनले गीत एवम् सङ्गीत प्रस्तुत गरेर दसँैको शुभकामना आदानप्रदान गरेका थिए ।

कार्यक्रममा विद्यालय सञ्चालक समितिका अध्यक्ष सरिता कोजू, अभिभावक जिना रञ्जितकार, शिक्षक अम्बिका ढकाल, जयराम कार्की, भक्तपुर साकोसका अध्यक्ष बलराम प्रजापति र कक्षा १० का छात्रा मेरिट कोजू एवम् सिर्जना बस्नेतले पनि रचनावाचन गर्नुभएको थियो । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org