ताजा समाचार

खाडी राष्ट्रहरुमा अब नियमित नेपाली चलचित्र प्रदर्शनी हुने

14551034_1239885386032076_1486679971_o

काठमाडौं । अक्टोबर १४ तारिकदेखि खाडी राष्ट्रहरुमा नियमित नेपाली चलचित्र प्रदर्शनी हुने भएको छ ।
नेपाली चलचित्रको बजार बिस्तारलाई फराकिलो हुन थालेको छ । युएईका लागि कन्सेप्टभिजन फिल्म प्रोडक्शन एण्ड डिष्ट्रिव्युटर्स र युएईको स्थानीय डिष्ट्रिव्युटर्ससँग सहकार्य गरी नेपाली चलचित्रलाई वैधानिक रुपमा नियमित प्रदर्शन हुन लागेको हो ।
नेपालमा रहेका सिमितहल र नेपाली माझ मात्र खुम्चि रहेको चलचित्रको प्रर्दशनले प्राविधिक रुपमा आफ्नो विकाश गर्दै प्रर्दशनको क्षेत्रलाई पनि विस्तार गर्न सक्नु समग्र कलाकार, प्राविधिक र चलचित्रसंग आबद्धता जनाउनेहरुकालागी खुसी र प्रशन्नताको कुरा भएको खाडी राष्ट्रका लागि नेपाली चलचित्रका वितरक सालिक सुबेदी बताएका छन् ।
देश वाहिर नेपालीको संख्या धेरै भएको खाडी मुलुकमा छ । प्रवासमा आफ्नो कला सांस्कृति र साहित्यतर्फ चासो राख्ने गर्दछन् । नेपाली चलचित्र पनि स्थरिय रुपमा निमाण हुन थालेकोले नेपाली चलचित्रलाई यस क्षेत्रमा नियमित प्रर्दशनीपछि नेपालीकला सस्कृतिको प्रबन्धन बढाएर उजागर हुने कन्सेप्टभिजनफिल्मप्रोडक्शनका राजन अधिकारीले बताए ।
अक्टोबर १४ तारिक पहिलोपटक चाम्स इन्टरटेन्टमेन्टको प्रस्तुतिमा बनेको वीर बिक्रम फिल्म पहिलो प्रस्तुतिको रुपमा प्रदर्शन हुने भएको छ । नेपाली फिल्मयुएई लगायत कतार, बहराईन र ओमनमा एकै साथ प्रदर्शन हुनेछ । चलचित्र वितरक राजन अधिकारीले अक्टोबर १४ तारिक युएईसँगै कतार, बहराइन र ओमनमा एकै साथ प्रदर्शन गर्नु उदेश्य ब्यासाहिक भएता पनि हामीले नेपाली चलचित्रको नयाँ बजारको खोजी र विदेशमा रहेका नेपालीहरुलाई सांस्कृतिक रुपमाजोड्ने प्रयास गरेको बताएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org