ताजा समाचार

युद्धबिराम घोषणा गर्न यमनलाई दवाव

yemenन्डन (बेलायत), १ कात्तिक । शनिवार भएको हवाई आक्रमणबाट यमनमा अन्त्येष्टि समारोहमा उपस्थित ठूलो सङ्ख्या हवाई आक्रमणमा परी मृत्यु भएपछि संयुक्त राज्य अमेरिका, बेलायत र संयुक्त राष्ट्रसङ्घले यमनी द्वन्द्वरत पक्षलाई केही दिनभित्रै युद्धबिराम घोषणा गर्न आग्रह गरेका छन् ।

शनिबार साउदी अरव नेतृत्वको सैन्य आक्रमणमा १४० जनाको ज्यान गएको आइतबार राष्ट्रसंघले एक विज्ञप्ति जारी गरी जनाएको छ । साउदी अरव नेतृत्वको सेनाले हवाइ आक्रमण अन्तेष्टि समारोहलाई लक्षित नगरिएको जनाएको छ ।

यमनका लागि राष्ट्रसङ्घका प्रतिनिधि, अमेरिकी र बेलायती उच्चअधिकारीको लन्डनमा भएको भेटपछि यमनी द्वन्द्वरत पक्षलाई ढिलो नगरी युद्धबिराम घोषणा गर्न आग्रह गरिएको अमेरिकी विदेशमन्त्री जोन केरीले बताउनुभयो । – एपी

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org