नेपाली चार क्रिकेट खेलाडी लाखमा बिक्री
काठमाडौं, २४ पुस । कैलालीमा चैतमा हुने धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताका लागि बोलकबोल (अक्सन) मार्फत खेलाडी छनोट गरिएको छ । नेपालमै पहिलोपटक अक्सनमार्फत डिपिएलमा सहभागी ६ टोलीले खेलाडी किनेका छन् । शनिबार काठमाडौंको होटल याक एन्ड यतीमा साढे ६ घन्टासम्म अक्सन प्रक्रिया चलेको थियो ।
चार खेलाडीमा आकर्षण
अक्सनमा चार खेलाडी एक लाखमा बिक्री भएका छन् । पहिलो श्रेणीका खेलाडी सागर पुनलाई कन्चनपुर आइकोनिकले एक लाखमा किनेको छ । अन्य तीन टोलीले पनि सागरलाई लाखमा किन्ने दाबी गरेपछि कन्चनपुरले गोलाप्रथामा बाजी मार्यो । लाखमा बिक्री भएका अर्का खेलाडी हुन् अलराउन्डर मेहबुब आलम । आलमलाई सिवाइसी अत्तरियाले १ लाखमा किन्यो । अत्तरियाले तीव्र गतिका बलर करण केसीलाई पनि लाखमा किनेको छ । करणलाई अन्य दुई टोलीले दाबी गरे पनि अत्तरियाले गोलाप्रथा जित्यो । अक्सनमा सबैभन्दा बढी चासो तीव्र गतिका बलर सोमपाल कामीमाथि रह्यो । कामीलाई टिम चौराहाबाहेक अन्य पाँच टोलीले १ लाखमा भित्राउन चाहेका थिए । तर, काठमाडौं गोल्डेन्सले गोलाप्रथामार्फत सोमपाललाई भित्राउन सफल भयो ।
कञ्चनपुर बढी खर्च गर्ने टोली
कञ्चनपुरले कप्तानसहित १५ खेलाडी राख्न तोकिएको अधिकतम मूल्य ८ लाख ५० हजार खर्च गरेको छ । कञ्चनपुरले सागर पुनलाई १ लाखमा किन्दा अविनाश कर्ण, सुनील धमला र सिद्धान्त लोहनीमाथि समान ८० हजार रुपैयाँ खर्च गर्यो । सबैभन्दा कम खर्च गर्ने टोली विराटनगर किंग्स बन्यो । विराटनगरले तोकिएको भन्दा १ लाख ५० हजार कम खर्च गर्ने क्रममा सबैभन्दा बढी दीपेन्द्रसिंह ऐरीलाई ८० हजारमा किन्यो ।
९० खेलाडी छानिए
शनिबार भएको अक्सनमार्फत ९० जना खेलाडी डिपिएलमा छनोट भएका छन् । प्रत्येक टोलीले कप्तानसहित १५ जना खेलाडी भित्राएका छन् । अक्सनमा भाग लिन २ सय ५० खेलाडीले नाम दर्ता गराएका थिए । जसमध्ये २ सय १७ खेलाडी मात्र अक्सनमा भाग लिन योग्य ठहरिएका थिए । अक्सनमा सहभागी खेलाडीलाई चार समूहमा वर्गीकरण गरिएको थियो । पहिलो श्रेणीमा परेकामध्ये दुई खेलाडी भने बिक्री भएनन् । पहिलो श्रेणीका महेश क्षेत्री र परेश लोहनीलाई कुनै पनि टोलीले चासो देखाएनन् । अक्सनमा पहिलो श्रेणीका खेलाडीको न्यूनतम मूल्य ५० हजार र अधिकतम १ लाख, दोस्रो श्रेणेीका खेलाडीको न्यूनतम मूल्य ४० हजार र अधिकतम मूल्य ८० हजार, तेस्रो श्रेणीका खेलाडीको न्यूनतम मूल्य ३० हजार र अधिकतम मूल्य ६० हजार तथा चौथो श्रेणीका खेलाडीको न्यूनतम मूल्य २० हजार अधिकत मूल्य ४० हजार राखिएको थियो ।
Comments
अरु समाचार
-
आईपीएल: शीर्ष स्थानको राजस्थानमाथि हैदरावादको १ रनको सनसनीपूर्ण जित
काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा शीर्ष स्थानको राजस्थान रोयर्ल्समाथि सनराइजर्स हैदरावादले १ रनको सनसनीपूर्ण जित निकालेको...
-
वेस्टइन्डिज ‘ए’ले जित्यो टस, नेपालले पायो फिल्डिङको निम्तो
काठमाडौं । वेस्ट इन्डिज ‘ए’ सँगको चौथो खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा...
-
टी-२० सिरिज अन्तर्गत नेपालले आज वेस्टइन्डिजसँग चौंथो खेल खेल्दै
काठमाडौं । वेस्टइन्डिज ए सँगको टी-२० सिरिजअन्तर्गत नेपालले आज चौंथो खेल खेल्दैछ । खेल दिउँसो १२ स् १५ मा त्रिवि...
-
आइपीएलः पञ्जाबले चेन्नईमाथि ७ विकेटको सहज जित हात हात पार्यो
काठमाडौं । पञ्जाब सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को ४९ औं खेलमा चेन्नई सुपर किंग्समाथि ७ विकेटको सहज...
-
राेहितकाे कप्तानीमा टी–२० विश्वकप खेल्ने नेपाली टाेलीकाे घाेषणा
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले विश्वकप खेल्ने नेपाली टोलीको घोषणा गरेको छ । बुधबार क्यानले टिमको घोषणा गरेको हो ।...
-
वेस्ट इन्डिज ‘ए’द्वारा नेपालसामु २२८ रनको लक्ष्य
काठमाडौं । टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ले नेपालसामु जितका लागि दुई सय २८ रनको लक्ष्य प्रस्तुत गरेको छ...
-
टस हारेर फिल्डिङ गर्दै नेपाल, दीपेन्द्र सिंहको कप्तानी
काठमाडाैं। पाँच खेलको टी–२० श्रृङ्खला अन्तर्गत आज नेपाल र वेस्ट इन्डिज ‘ए’ बीच तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ले टस जितेर...
-
नेपाल र वेस्ट इन्डिज ‘ए’ बीच आज तेस्रो खेल हुँदै
काठमाडौं । नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको तेस्रो खेल आज (बुधबार) हुँदैछ। दुई खेल सकिँदा एकएक अंक बाँडेका नेपाल...
-
भिसा नआएपछि नेपाली राष्ट्रिय टोलीको ‘फ्लाइट क्यान्सिल’
काठमाडौँ। इङ्ल्यान्ड ‘सी’ सँग मैत्रीपूर्ण खेल खेल्न बेलायत प्रस्थान गर्न लागेको नेपाली राष्ट्रिय टोलीको ‘फ्लाइट क्यान्सिल’ भएको छ। टोली मंगलबार बिहान...