महानायक राजेश हमालले खुलेर गरे एमाले अध्यक्ष ओलीको प्रशंसा
काठमाडौं । केही समययता अभिनेता राजेश हमाल आफ्ना कार्यक्रमबारे मात्र होइन, समयसान्दर्भिक विचारबारे केही बताउनुप¥यो भने सामाजिक सञ्जाल फेसबुक छानिहाल्छन् । शुक्रबार पनि उनले फेसबुकको प्रयोग गरे र एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपीशर्मा ओलीको प्रशंसा गरे । ओलीसँगका दुई फोटो फेसबुकमा राख्दै हमालले लेखेका छन्, ‘कुनै पार्टी विशेषमा नलाग्नुको फाइदा राम्रो काम गर्नेको खुलेर प्रशंसा गर्न सकिँदो रहेछ । … शुभकामना ।’ तर, फिल्मीजगत्ले यसलाई शुभकामनाका रूपमा मात्र बुझेको छैन । यस्तो किनभने पछिल्लो समय कलाकारहरू पार्टीमा प्रवेश गर्ने क्रम बढ्दो छ । के अब राजेश पनि त्यही बाटोमा छन् ? प्रश्न उठ्नु स्वाभाविक पनि हो । तर, केही अघिसम्म कार्यक्रमहरूमा राजेश आफैँले आफू डेमोक्रेटिक भएको बताउँदै आएका थिए । त्यसैले यस्तो प्रश्न गर्नेहरूलाई ओलीसँगको फोटो राखेर राजेशले चकित बनाएका छन् । जे होस्, शुक्रबार राजेशले राखेको फोटोमा शनिबार साँझसम्म चार हजार नौ सयभन्दा धेरैले लाइक गरेका छन् । कमेन्टमा कतिपयले त राजेशलाई पनि राजनीतिमा आउन सुझाब दिएका छन् ।
Comments
अरु समाचार
-
‘जानकी साहित्यिक पुरस्कार’ भण्डारीलाई
काठमाडौं । विक्रम संवत् २०८० को जानकी साहित्यिक पुरस्कार गुल्मीका साहित्यकार ठाकुर शर्माभण्डारीलाई प्रदान गरिने भएको छ । ‘जानकी प्रतिष्ठान’...
-
नेपथ्यको नयाँ वर्ष स्वागत पूर्वेली सहर बिर्तामोडबाट
काठमाडौं । बिक्रम सम्वत २०८१ को पहिलो सूर्योदयभन्दा अघिल्लो साँझ नेपथ्य पूर्वी नेपालको बिर्तामोडमा प्रस्तुत हुने भएको छ । झापा...
-
डा. अनिलको पुस्तक बिक्रीबाट प्राप्त रकमबाट देशैभर छात्रवृत्ति प्रदान गरिने
काठमाडौं । मुटुरोग विशेषज्ञ डा.ओम मूर्ति अनिलद्वारा लिखित ‘जीवन्त सम्बन्ध’ बिक्रीबाट प्राप्त रकम देशका ७७ जिल्लाका गरिब तथा जेहेन्दार विद्यार्थीलाई...
-
गायक रवि ओडविरुद्ध पत्नीले हालिन् बलात्कारको जाहेरी, पक्राउ पुर्जी जारी
काठमाडाैँ । गायक रवि ओडविरुद्ध उनकी श्रीमतीले वैवाहिक बलात्कारको आरोपमा प्रहरीमा जाहेरी दिएकी छन्। उनले इलाका प्रहरी कार्यालय झलारीमा जाहेरी...
-
राजेशपायल राई रिहा
काठमाडौं । गायक राजेशपायल राई रिहा भएका छन् । गएराति २ बजे काठमाडौंको मदनभण्डारी कलेजनजिकैबाट मदिरा पिएर हो–हल्ला गरेको आरोपमा...
-
कविद्वय ठाकुर बेलबासे र खेमनाथ दाहाललाई ‘व्यथित काव्य सम्मान-२०८०’
काठमाडौं । साहित्यिक पत्रकार सङ्घले कवि ठाकुर बेलबासे र कवि खेमनाथ दाहाललाई ‘व्यथित काव्य सम्मान-२०८०’ प्रदान गर्ने भएको छ।...
-
षड्यन्त्र र घेराबन्दी गरिएको भन्दै ‘काँडेतार’ चलचित्र कुनै पनि हलमा नचलाउने घोषणा
काठमाडौ । शुक्रबारबाट प्रदर्शनमा आएको नेपाली चलचित्र ‘काँडेतार’को निर्माण पक्षले देशैभरिका सिनेमा हलमा आजैदेखि आफ्नो चलचित्र नचलाउने निर्णय लिएको छ।...
-
इलामको रमणीय पाखामा नेपथ्य गुञ्जदै
काठमाडौं । सात दसकअघि मुलुकका मूर्धन्य साहित्यकारहरु भेलाभएर इतिहास रचेको पूर्वी नेपालको एउटा रमणीय मैदानमा आउँदो साता नेपाली लोकरक भाका...
-
मुस्ताङका तीन गाउँले थकालीले ‘त्युङ्ला पर्व’ मनाए (फाेटाेफिचर)
काठमाडौं । काठमाडौंमा मुस्ताङका तीन गाउँले थकालीले त्युङ्ला पर्व मनाएका छन् । काठमाडाैँकाे स्वयम्भु स्थित तीन गाउँले थकाली सेवा समाजकाे...