ताजा समाचार

जाडोमा अरु भन्दा फरक लुक्समा देखिन ५ टोपी

चिसो मौसम स्टाइलिस देखिन चाहनेहरूका लागि त्यति उपयुक्त समय होइन । यो मौसममा हामीले स्टाइलिस देखिएर मात्र हुँदैन, चिसोबाट जोगाउने उपयुक्त पहिरन छनोट गर्नुपर्छ । स्वेटर, ज्याकेट, बुट या अन्य न्यानो ड्रेस खरिद गर्दा फेसनेवल पनि होस् भन्ने चाहना हुन्छ । तर, चिसोबाट जोगिन प्रयोग गर्ने टोपी खरिद गर्दा भने त्यति वास्ता गरेको देखिँदैन । चिसोमा जति महत्व ज्याकेट, स्वेटरको हुन्छ, त्यति नै महत्व टोपीको पनि हुन्छ । यदि सम्पूर्ण ड्रेसअप स्टाइलिस तथा फेसनेवल छ, तर टोपी सामान्य भएमा पूरै लुक्स नै फिक्का हुन्छ । यदि तपाईंसँग पाँच प्रकारका टोपी छन् भने हरेक खालका ड्रेसमा आकर्षक देखिन सक्नुहुन्छ : 

 

कलर्ड बनी

बनी क्याप धेरैजस्तो चम्किलो कलरमा पाइन्छ । यस्तो क्याप वेस्टर्न ड्रेसको साथमा प्रयोग गर्दा निकै सुहाउँछ ।

फर ह्याट

चिसो मौसममा लङ कोट, स्वेटर तथा ज्याकेट लगाउने सौखिनहरूलाई फर ह्याट निकै फेसनेवल देखिन्छ ।

पमपम क्याप

बजारमा पमपम क्यापका धेरै भेराइटी उपलब्ध छन् । आफ्नो ड्रेसलाई सुहाउँदो कुनै पनि स्टाइल लगाउन सकिन्छ ।

हेड ब्यान्ड

हेड ब्यान्ड प्रयोग गर्दा फरक लुक्स त देखाउँछ नै, साथमा चिसो हावा टाउकोमा आउनबाटसमेत बचाउँछ ।

ग्राफिक क्याप

यदि चिसो मौसममा अन्य व्यक्तिभन्दा निकै फरक लुक्स चाहनुहुन्छ भने ग्राफिक क्याप उपयुक्त विकल्प हो । यसले समूहमा पनि भिन्न लुक्स दिन्छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org