डोटीमा ढिके नुनकै प्रयोग बढी
डोटी, पुस २६ गते । डोटीका अधिकांश ठाउँमा अझै ढिके नुनको प्रयोग बढी रहेको छ । जिल्लाका ग्रामीण भेकमा बसोबास गर्ने जनताले ढिके नुनलाई बढी मात्रामा प्रयोग गर्ने गरेका हुन् ।
ढिके नुनको सट्टा आयोडिन नुन प्रयोग गर्नाले मानव स्वास्थ्यमा गुणात्मक रुपमा बढी फाइदा मिल्ने भएता पनि यहाँका जनता ढिके नुन नै प्रयोग गर्दछन् । आफूले बारीमा फलाएको भटमास साटेर ढिके नुन लैजाने कृषकको अहिले ताँती लागेको छ ।
भटमास एक केजीको तीन केजीसम्म ढिके नुन साट्न पाइन्छ, मूल्य कम छ, गाईवस्तुलाई खुवाउनका निम्ति सजिलो छ, चवरा चौताराका कृषक चक्र बमले भन्नुभयो । पहिलेदेखि नै ढिके नुनको प्रयोग गर्ने गरेका कारण उपभोग गर्नमा पनि सजिलो लाग्ने उहाँले बताउनुभयो ।
केदारअखडा गाविस चालिसका शेरबहादुर बम पनि करिब तीन घन्टाको पैदल यात्रा गरी पिठ्युमा भटमासको भारी बोकेर ढिके नुन साट्न चवरा पुग्नुभयो । राससको एक प्रश्नमा उहाँले ढिके नुन हामी जस्ता कृषकका निम्ति सस्तो र कम मूल्यमा पाइने हँुदा यसकै प्रयोग बढी गर्ने गरेको बताउनुभयो । आयोडिन नुन पनि खान्छाँै तर ढिके नुन जस्तो स्वाद त्यसमा नभएको उहाँको बुझाइ छ ।
साल्ट ट्रेडिङ डोटीका बिक्रेता प्रकाश विकका अनुसार अधिकतम मात्रामा ग्रामीण भेकमा ढिके नुन बढी मात्रामा बिक्री भइरहेको छ । मागअनुसार हामी ढिके नुन नै बढी मात्रामा पठाउने गर्दछाँै । ग्रामीण क्षेत्रमा बसोबास गर्ने जनता गाई, भैँसी, गोरु, बाख्रालाई खुवाउनका निम्ति पनि बढी मात्रामा ढिके नुनको नै प्रयोग गर्ने गर्दछन्, उहाँले भन्नुभयो ।
सरकारले दुई बालबालिकाको चिह्न अङ्कित आयोडिनयुक्त नुनको प्रयोग गरौँ भनेता पनि यहाँका जनतामा अझै चेतनाको कमी रहेको पाइएको छ । रासस
Comments
अरु समाचार
-
सामान्य घट्यो सुनको मुल्य
काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ। अघिल्लो दिन प्रतितोला ३ सय रुपैयाँले घटेको सुनको मूल्य आज पनि...
-
गिरीबन्धु टी-स्टेटलाई व्यवस्थित गर्न तत्कालीन प्रधानमन्त्री ओलीको नीतिगत निर्णय : शंकर पोखरेल
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गिरीबन्धु टी-स्टेटमा नीतिगत निर्णय गरेको ठोकुवा गरेका छन्...
-
नेप्से परिसूचक २४.३९ अंकले बढ्यो
काठमाडौं। धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक सोमबार २४.३९ अंकले बढेर बन्द भएको छ । नेप्से १.२३ प्रतिशतले वृद्धि भएर...
-
तोलामा रु तीन सयले घट्यो सुनको मूल्य
काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आइतबार...
-
संघीय संसदको बजेट अधिवेशन आजदेखि, शीर्ष नेताले सम्बोधन गर्दै
काठमाडाैँ । संघीय संसद्को बजेट अधिवेशन आजदेखि शुरू हुँदै छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३...
-
सुन तोलामा रु आठ सयले घट्यो
काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु आठ सयले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका...
-
प्रतितोलामा ८०० रुपैयाँले बढ्यो सुनको मूल्य
काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको रहेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ८००...
-
नेप्से परिसूचक ओरालो यात्रामा
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से...
-
सुनको मूल्य स्थिर
काठमाडौं । नेपाली बजारमा साताको पहिलो कारोबार दिन अर्थात् आइतबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका...