ताजा समाचार

चलचित्र कर्ममै भविष्य खोज्दैछु : मोडल दीपिका ढकाल

काठमाडौं ।  चलचित्र पैसा कसले कमायोबाट नेपाली चलचित्रमा प्रवेश गर्नुभएकी दाङ भमकेकी दीपिका ढकालले छाटै समयमा सफलता हासिल गरिसक्नुभएको छ ।  दाङकै रेडियो तुलसीपुर र सरियोगङ्गामा काम गर्दागर्दै रहरै रहरले अभिनयमा प्रवेश गर्नुभएकी दीपिकाले आरोग, वनदेवता, एक पलमा अभिनय गरिसक्नुभएको छ ।  
“चलचित्र कर्ममै भविश्य खोज्दैछु”, रहरबाट अब पेसागत रूपमै चलचित्र कर्ममा लाग्ने योजनामा रहनुभएकी दीपिका भन्नुहुन्छ– “अभिनयमा निखारता ल्याउन रङकर्मतिर पनि तानिएँ । ” उहाँले खगेन्द्र लामिछानेको निर्देशनमा दाँतको डोब, श्याम खड्काको निर्देशनमा नयाँ घर नाटकमा काम गरिसक्नुभएको छ ।  केही सडक नाटकमा समेत काम गर्नुभएकी दीपिका आरबी लामाको निर्देशन रहेको मैनाचरीमा अनुबन्ध भइसक्नुभएको छ ।  
अन्जु पन्तको खुशी छाडेर जाँदैछु…, मनोज मिश्रको वचनले नि काँडासरी मुुटु पोल्दो रैछ… लगायत एक दर्जन म्युजिक भिडियोमा दीपिकाले अभिनय पस्किसक्नुभएको छ ।  अङ्ग्रेजीमा स्नातक दीपिकाको रुचि लेखन र चित्रकारितामा पनि छ ।  पानी र तेलीय रङमा काम गर्न रुचाउने दीपिका भन्नुहुन्छ– “सौखकै रूपमा हो ।  स्वअध्ययनबाटै चित्रकारितामा काम गरिरहेको छु । ”

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org