ताजा समाचार

अभिनेत्री/मोडल : सुष्मा कार्की

काठमाडौं । ‘मेरो एउटा साथी छ’बाट फिल्मी करिअर सुरु गरेकी नायिका सुष्मा कार्कीले दर्जनौँ हिट सिनेमामा काम गरिसकेकी छिन् । ‘लुट’मा ‘उध्रेको चोली…’ बोलको चर्चित गीतमा उनको आइटम डान्स धेरैले मन पराए । ‘बिन्दास’, ‘बाउन्सर’, ‘सन्जोग’, ‘पाप’ र ‘सकस’ सुष्माका सफल सिनेमा हुन् । छातीमा खोपाएको ट्याटु र छोटा पहिरनका कारण पनि उनी वेलावेलामा चर्चामा आउँछिन् । अहिले विदेशमा हुने विभिन्न स्टेज कार्यक्रममा व्यस्त उनी नयाँ सिनेमामा उचित भूमिकाको पर्खाइमा रहेको बताउँछिन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org