धुलो र हिलोले विराटनगरका सडक अस्तव्यस्त
पथरी (मोरङ), २८ पुस ः विराटनगरका सबै सडक भत्काइएपछि स्थानीयवासीलाई सास्ती सुरु भएको छ । विराटनगरवासीको यो क्रम अहिले निर्माणको ७० प्रतिशत काम सम्पन्न भएको बताइरहँदा समेत अझै नागरिक सास्तीमुक्त भएका छैनन् ।
विराटनगर–१० का स्थानीयवासी राजकुमार ढुङ्गाना भन्नुहुन्छ, “हामीलाई हिँड्नै गाह्रो भयो, धुलोले रोगी बनाउने भयो ।” जताततै धुलो र पानी पर्दा हिलाम्ये हुने गरी बिग्रे–भत्केका सडकले पूर्वको व्यापारिक केन्द्र विराटनगरका सडक भद्रगोल भएका छन् ।
यी सडकमा यतिबेला सबैभन्दा धेरै काम भइरहेका छन् । विराटनगरको रोडशेष नजिकै रहेको साल्ट्रेडिङबाट सुरु भएको काम एक वर्ष बितिसक्दा बल्ल गुद्री नजिकै आइपुगेको छ । भत्काइएका सडकबाट निस्किएको धुलोका कारण विराटनगरका धेरै घरमा बिरामी बढेको विराटनगर–१ पोखरियाकी देवी गौतमको भनाइ छ ।
उहाँले भन्नुभयो, “भनीसाध्य छैन घरमा दिनहुँ बिरामी हुन्छन् ।” विराटनगर उपमहानगरपालिका मझौला सहर एकीकृत सहरी वातावरणीय सुधार परियोजनाको काममा ढिलासुस्ती गर्नु, कामलाई तीव्रता दिन नसक्नु, अनि एक किलोमिटरको दूरीको कामलाई महिना दिन लगाउनुले अर्को एउटा जिज्ञासा सिर्जना गरेको छ । अहिले विराटनगरको मुख्य राजमार्ग कोसी राजमार्गअन्तर्गतको रोडशेष चोकदेखि मुनालपथसम्म हिँड्नै नसक्ने अवस्था छ । त्यसको मुख्य कारण भनेको खनिएका माटोबाट निस्किएको धुलोबाट सिर्जित समस्या हो ।
परियोजनामार्फत काम सुरु भएको तीन वर्ष पुगिसकेको छ । पहिलो चरणमा रु तीन अर्ब ४० करोडको काम अहिले पनि जारी रहेको छ । त्यसैगरी, रु तीन अर्ब २० करोड रकम अझै यही कामका लागि भित्र्याउने तयारी भइरहेको छ । तर यसले विराटनगरको मुहार नै फेर्ने आशा विराटनगरवासीले बोकेका छन् ।
अहिलेसम्मको तथ्याङ्कलाई आधार मान्दा जम्मा ७० प्रतिशत मात्र काम सकिएको परियोजनाको दाबी छ । एकातिर सवारीको चाप बढ्दै गएको विराटनगरको अस्तव्यस्तताको बाबजुद निर्माणको कामले तीव्रता पाएको परियोजनाले दाबी गरेको छ ।
सडकको निर्माणमा ६ लेन सडक परियोजना तथा मझौला सहर एकीकृत वातावरणीय सुधार परियोजनाले काम गरिरहेका छन् । एकातिर अहिले नै ६ लेनको काम एकातिर छ ।
अबको जेठ सम्ममा पहिलो चरणको रु तीन अर्ब ४० करोड सकिने गरी काम भइरहेको र त्यसपछिको काम अर्को सम्झौतापछि सुरु हुने विराटनगर उपमहानगरपालिका मझौला सहर एकीकृत सहरी वातावरणीय सुधार परियोजनाका उपेन्द्र बरालको भनाइ छ । रासस
Comments
अरु समाचार
-
एम्बुलेन्सको ठक्करबाट महिलाको मृत्यु, दुईजना घाइते
काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल उपमहानगरपालिका–१३ स्थित झोलुङ्गे पुल नजिकै एम्बुलेन्सको ठक्करबाट एकजनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय...
-
संरक्षणको प्रतीक्षामा खोकनाका पोखरी
काठमाडौं । ललितपुर महानगरपालिका–२१ खोकनामा ‘खा’, ‘गा’, ‘फङा’ र ‘कमल’ गरी चारवटा पोखरी छन् । उचित संरक्षणको अभावमा ती दिनप्रतिदिन...
-
पोर्चुगलमा विशेष कार्यक्रमका साथ बुद्धजयन्ती मनाइँदै
काठमाडौं । शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५६८औँ जन्मजयन्ती पोर्चुगलमा विशेष कार्यक्रमका साथ मनाइने भएको छ । लिस्वनस्थित नेपालको अवैतनिक...
-
फुङलिङ–पाथीभरा साइकलयात्रा
काठमाडौं । ताप्लेजुङ पर्यटन महोत्सव आयोजक समितिले जिल्लाको प्रसिद्ध तीर्थस्थल पाथीभरादेखि फुङलिङ बजारसम्म साइकलयात्रा आयोजना गरेको छ । पाथीभरा महोत्सवका...
-
सर्वोच्च अदालतले आज वरिष्ठ अधिवक्ताको उपाधि दिँदै
काठमाडौं । सर्वोच्च अदालतले आज वरिष्ठ अधिवक्ताको उपाधि दिँदैछ । बरिष्ठ अधिवक्ता सिफारिस समितिका संयोजक सर्वोच्चका न्यायाधीश प्रकाश राउतको सिफारिसका...
-
सहकारी ठगी प्रकरणको अनुसन्धान गर्न गठित समितिको बैठक बस्दै
६ जेठ, काठमाडौं । सहकारी संस्था ठगीको विषय छानबिन गर्ने संसदीय समितिको कार्यादेश टुंगो लगाउन दलहरु प्रयासमा छन् । त्यसका...
-
केही पहाडी भूभागमा हुरिबताससहित सामान्य वर्षा हुँदै
काठमाडौं । अहिले कोशी प्रदेशको केही ठाउँ र बागमती प्रदेशको पहाडी भूभागको केही ठाउँमा मेघगर्जन, हुरीबतास एवम् चट्याङसहित समान्य पानी...
-
तातो हावाको लहर चल्दा तराई-मधेशमा जनजीवन कष्टकर
काठमाडौं । आज पनि तराई मधेशमा तातो हावाको लहर चल्दा जनजीवन कष्टकर भएको छ । पश्चिम तराईका धेरैजसो जिल्लामा अधिकतम...
-
आजको राशिफल: २०८१ जेठ ६ गते आइतवार
मेष वैधानिक प्रावधानले पनि लक्ष्यमा पुग्न अप्ठ्यारो पर्नेछ। प्रतिस्पर्धी बढ्नाले अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ। चिताएका काममा बाधा पुर्याउनेहरू प्रशस्तै हुनेछन्।...