ताजा समाचार

पत्रकार उमा सिंहको आठौँ स्मृति दिवस मनाइयो

महेन्द्रनगर (धनुषा), २८ पुस । जनकपुरकी प्रथम सहिद महिला पत्रकार उमा सिंहको आठौँ स्मृति दिवस बुधबार मनाइएको छ ।

उमा सिंहको आठौँ स्मृतिमा नेपाल पत्रकार महासङ्घ धनुषा शाखाले बुधबार साँझ जानकी मन्दिर प्राङ्गणमा दीप प्रज्वलन गरी मनाएको छ । दीप प्रज्वलन कार्यक्रममा जनकपुरका सम्पूर्ण सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।

जनकपुरको रेडियो टुडेमा कार्यरत २५ वर्षीया पत्रकार सिंहलाई विसं २०६५ पुस २७ गते राति सवा ९ बजे जनकपुर नगरपालिका–१४ रजौलस्थित डेरामा बसेको बेला अज्ञात समूहले निर्ममतापूर्वक हत्या गरेका थिए ।

पत्रकार सिंहका मुख्य हत्यारा उमेश यादव धनुषा जिल्ला अदालतबाट सर्वश्वसहित जन्मकैदको सजाय आदेश भई महोत्तरीको जलेश्वर कारागारमा छन् । त्यस्तै, उक्त घटनामा संलग्न सहिद पत्रकार उमाकी भाउजू ललिता यादव र नेमलाल पासवानलाई अदालतबाट जन्मकैदको सजाय पाएर जलेश्वर करागारमा छन् ।

पत्रकार सिंहलाई उनीहरुलगायत १०÷१५ जनाको समूहले धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए । घटनामा संलग्न अन्य अहिलेसम्म फरारकै अवस्थामा छन् । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org