पोस्टर सार्वजनिक गर्दै चलचित्र ‘निर्भय’ रिलिज घोषणा
काठमाडौं । एक्शन किङ निखिल उप्रेती स्टारर फिल्म ‘निर्भय’ को औपचारिक रिलिज तय भएको छ । यसअघि माघ २८ तय गरिएको रिलिजमा फेरबदल गर्दै निर्माण टिमले नयाँ मिति तय गरेको हो । अब फिल्म आगामी चैत्र ११ मा रिलिज लक भएको छ ।
माघ महिनामा नै निखिलको अर्को फिल्म ‘किङ’ रिलिज हुने भएपछि पर्दामा केहि समयको अन्तर आवश्यकता गर्दै ‘निर्भय’ रिलिज चैत्र ११ लाइ लक गरिएको निर्देशक मधुसुदन भट्टराईले बताए । फिल्मको फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै रिलिज तय गरियो । सार्वजनिक दुई पोस्टरमा निखिलको ‘एङ्ग्री लुक्स’ समावेश छ भने अर्को पोस्टरले अभिनेत्री नीता ढुङ्गानासँगको प्रेमभाव बोल्छ ।
प्रसिद्धि सिने आर्ट्सको व्यानरमा बनेको फिल्मका निर्माता देवीप्रसाद पाण्डे हुन् । निखिल र नीतासँगै विकास चापागाईं, प्रज्वल गिरी, सुशिल पोखरेल, विशाल पहारी, प्रदिप ढकाल, प्रकाश न्यौपाने, मेन्दी बाबु, रश्मी भट्ट, कृष्ण शिवाकोटी लगायत ‘निर्भय’ मा अभिनयमा छन् ।
हिमाल केसीको द्वन्द्व समावेश फिल्मलाई रामशरण उप्रेतीले खिचेका हुन् । ‘निर्भय’ मा नृत्य निर्देशन रामजी लामिछानेको छ भने संगीत अर्जुन पोखरेल र ताराप्रकाश लिम्बुको छ । वनिश शाह र भुपेन्द्र अधिकारीले सम्पादन गरेको फिल्मको सार्वजनिक पोस्टर सान थापाले तयार गरेका हुन् । फिल्मलाई रोहित कट्टेल र रत्न श्रेष्ठको कम्पनि आर आर फिल्म्स्ले वितरणको जिम्मा लिएको छ । ‘निर्भय’ को कथा यम थापाको हो ।
Comments
अरु समाचार
-
गायक रवि ओड प्रहरी नियन्त्रणमा
धनगढी । वैवाहिक बलात्कारसम्बन्धी मुद्दामा नेपाल आइडल विजेता रवि ओडले प्रहरीमा आत्मसर्मपण गरेका छन् । कञ्चनपुरको कृष्णपुर नगरपालिकाका ओडले बिहीबार...
-
तनहुँमा चलचित्र निर्माण कार्यशाला
काठमाडाैँ । जिल्लाको भिमाद नगरपालिका–२ रघुगाउँमा मगर चलचित्रकर्मी सङ्घको आयोजनामा प्रयोगात्मक चलचित्र निर्माण कार्यशाला सम्पन्न भएको छ । दोस्रो विश्वयुद्धमा...
-
‘जानकी साहित्यिक पुरस्कार’ भण्डारीलाई
काठमाडौं । विक्रम संवत् २०८० को जानकी साहित्यिक पुरस्कार गुल्मीका साहित्यकार ठाकुर शर्माभण्डारीलाई प्रदान गरिने भएको छ । ‘जानकी प्रतिष्ठान’...
-
नेपथ्यको नयाँ वर्ष स्वागत पूर्वेली सहर बिर्तामोडबाट
काठमाडौं । बिक्रम सम्वत २०८१ को पहिलो सूर्योदयभन्दा अघिल्लो साँझ नेपथ्य पूर्वी नेपालको बिर्तामोडमा प्रस्तुत हुने भएको छ । झापा...
-
डा. अनिलको पुस्तक बिक्रीबाट प्राप्त रकमबाट देशैभर छात्रवृत्ति प्रदान गरिने
काठमाडौं । मुटुरोग विशेषज्ञ डा.ओम मूर्ति अनिलद्वारा लिखित ‘जीवन्त सम्बन्ध’ बिक्रीबाट प्राप्त रकम देशका ७७ जिल्लाका गरिब तथा जेहेन्दार विद्यार्थीलाई...
-
गायक रवि ओडविरुद्ध पत्नीले हालिन् बलात्कारको जाहेरी, पक्राउ पुर्जी जारी
काठमाडाैँ । गायक रवि ओडविरुद्ध उनकी श्रीमतीले वैवाहिक बलात्कारको आरोपमा प्रहरीमा जाहेरी दिएकी छन्। उनले इलाका प्रहरी कार्यालय झलारीमा जाहेरी...
-
राजेशपायल राई रिहा
काठमाडौं । गायक राजेशपायल राई रिहा भएका छन् । गएराति २ बजे काठमाडौंको मदनभण्डारी कलेजनजिकैबाट मदिरा पिएर हो–हल्ला गरेको आरोपमा...
-
कविद्वय ठाकुर बेलबासे र खेमनाथ दाहाललाई ‘व्यथित काव्य सम्मान-२०८०’
काठमाडौं । साहित्यिक पत्रकार सङ्घले कवि ठाकुर बेलबासे र कवि खेमनाथ दाहाललाई ‘व्यथित काव्य सम्मान-२०८०’ प्रदान गर्ने भएको छ।...
-
षड्यन्त्र र घेराबन्दी गरिएको भन्दै ‘काँडेतार’ चलचित्र कुनै पनि हलमा नचलाउने घोषणा
काठमाडौ । शुक्रबारबाट प्रदर्शनमा आएको नेपाली चलचित्र ‘काँडेतार’को निर्माण पक्षले देशैभरिका सिनेमा हलमा आजैदेखि आफ्नो चलचित्र नचलाउने निर्णय लिएको छ।...