ताजा समाचार

सुर्खेतमा यो वर्षकै सबैभन्दा चिसो

सुर्खेत, माघ २ । यो वर्ष सुर्खेतमा अहिलेसम्म सबैभन्दा चिसो पुसमा भएको छ । मध्ये तथा सुदूरपश्चिम क्षेत्रीयहावापानी कार्यालय सुर्खेतका अनुसार डिसेम्बर अर्थात पुस महिनामा भएको छ । कार्यालयका अनुसार पुस महिनामा सुर्खेतका तापक्रम यो वर्षको अहिलेसम्मकै सबैभन्दा कम –०.६ डिग्रिसम्म मापन भएको छ । माघ महिनाको पहिलो दिन माघ १ गते भने १ डिग्रि मापन भएको छ । भर्खरै माघ महिना लागेकोले अझै केही दिन तापक्रम अझै घट्न सक्ने कार्यालयका प्रमुख निराजन सापकोटाले जानकारी दिए । केही दिनमा पुसको भन्दा पनि अझै तापक्रम तल पनि झर्न सक्ने भन्दै उनले त्यसपछि भने तापक्रम विस्तारै बढ्दै जाने बताए । 

सुर्खेतमा यो वर्ष कुहिरो भने कम लागेको छ । अघिल्लो वर्षको तुलनामा यो वर्ष कुहिरो कम लागेको हो । सामान्यतया सुर्खेतमा हिजो अस्ति केही बढी कुहिरो लागेको छ । हिजो अस्ति ९/१० बजे मात्रै घाम लाग्ने गरेकोले तापक्रम धेरै तल नझरे पनि बढी चिसोको महसुश भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org