ताजा समाचार

लोप हुँदै देउडा गीत

सुर्खेत । मध्यपशिचम तथा सुदुरपशिचमको ढुकढुकी देउडा गीत पछिल्लो समयमा लोप हुँदै गएको छ । देउडा संस्कृतिलाई माया गर्ने श्रष्टाहरुलाई वजारीकरणमा टिक्न र विक्न समस्या भएपछि देउडा लोप हुदै आएको हो ।
समयको परिवर्तनसँगै बजारको माग अनुसारका रिमिक्स,आधुनिक,लोक गीत संगीतहरुले छुट्टै पहिचान बोकेपछि मध्य तथा सुदुरपश्चिमकै देउडा संस्कृति संकटमा परेको देउडा गीतलाई देउडा प्रेमी तथा कलाकारहरुले संरक्षणमा ध्यान दिनुपर्ने बेला भएको छ ।

विश्व बजारमा प्रविधिले एक तर्फी विकास गरेपछि देउडा संस्कुति संकटमा पर्दै गएको छ । प्रविधिको कारणले नै मध्यपशिचम तथा सुदुरपश्चिमको देउडाको अस्तित्व घट्दै गएको स्थानीय बासीन्दहरुले गुनासो गर्ने गरेका छन । देउडा कलाकारले आफनो संस्कृतिक भुल्दै गएका हुनकी भन्ने आजभोली गाऊघरमा चर्चा हुने गरेको पाइन्छ । देउडा प्रेमीहरुले यो संस्कृति मन पराउने श्रोताहरुको संख्यामा कम हुदै गएकोले पनि समस्या भएको हुनसक्ने आशंका देउडा पौरखीहरुले गर्न थालेका छन ।
आजको विश्व बजारमा देउडा गीतका पौरखीहरु बजारमा ल्याउन नसक्नु र समय अनुसार देउडा संस्कृतिलाई आधुनिकता विकास गर्न नसक्नु प्रमुख कारण रहेको पारखीहरुको भनाई छ । तर हाल देउडा कलाकारले आफ्नो अस्त्वि नचिनेर देउडा गितलाई भुलेको बताउछन । कर्णाली जन एकता समाज का अध्यक्ष ज्ञानबहादुर बुढाको भनाई छ । भेरी कर्णालीका गाइने ति देउडा गित लोप हुने होकी भन्ने चिन्ताले प्रत्येक महिनाको १ गते र १५ गते नियमित रुपमा आयोजना गरिएको बताए ।
उनले भने देउडा कलाकार कम भएपनि आफनो संस्कृति भुल्दै गएका छन । एक त कलाकार कम छन । अर्के तर्फ आर्थिक कमजोरीका कारण यो अवस्था सिजना भएको बुढाको भनाई रहेको छ ।
यसलाई सम्पुर्ण देउडा प्रेमीहरुले आफु को हु भन्ने नचिनेमा अस्त्विव नजाएमा देउडा गितको लोप हुन सक्ने बुढाको भनाई रहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org