ताजा समाचार

आमिरको अश्लिल भिडियो भाइरल भएपछि…

एजेन्सी पाकिस्तानीमूलका बेलायती बक्सर आमिर खानको सेक्स भिडियो भाइरल भएपछि उनको वैवाहिक जीवन संकटमा परेको छ। लन्डन ओलम्पिकमा बेलायतलाई रजत जिताएका आमिरको भिडियो यसै साता सोशल साइटमा अपलोड गरिएको थियो। भिडियोमा उनी महिला बक्सरसँग स्काइप च्याटमा अश्लिल हर्कत गर्दै गरेको देखिएका छन्।

आमिरले २०१३ मा प्रेमिका फरयाल मखदुमसँग विवाह गरेका थिए। यो जोडीबाट २ सन्तान छन्। मखदुलले यसै साता आफ्नो सासु र ससुरामाथि पारिवारीक उत्पीडनको आरोप लगाएकी थिइन्। आफू गैर मुसलमान भएका कारण आफूले पहिरिने कपडालाई लिएर कमेन्ट गर्ने र कुटपीट पनि गरेको उनले आरोप लगाएकी थिइन्। भिडियो २०१० को हुन सक्ने बताइएको छ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org