टहरो बनाउँदै,न्यानो खोज्दै भूकम्प पीडित
बाक्लो हिमपातको समाचार, तस्विर तथा दृश्य लगातार सञ्चार माध्ययमा प्रकाशन, प्रसारण भइरहेका छन् । सामाजिक सञ्जालका भित्तामा छ्यापछ्याप्ती रहेको छ । उत्तरी गोरखा, धादिङ र रसुवा जिल्लामा यस किसिमको प्राकृतिक विपत्तिको मारमा यहाका मानिसहरू छन् । गोरखावासी झन् डरैडरमा जीवन बिताइरहेका छन् । हिमपहिरोको डर छ । महाभूकम्पले थिलथिल्याएको डाडापाख, भीर खसेर पुरिने पो हो कि भन्ने डर छ । बारपाक, लाप्राक र बालुवा बजारमा भूकम्पले पारेको चिरा जमिन त्यतिकै छ । वैशाख १२ मा गएको महाभूकम्प होस् या खडेरी र हिमपात, यस वर्ष यहाका मानिसहरूलाई प्रकृतिले निकै दु:ख दिइन् । हिमालै—हिमाल र वनजंगलले ढाकिएको हाम्रो देशमा प्रकृतिले ताण्डव नृत्य देखाउनु स्वाभाविक हो । तर, प्रकृतिले कुनै न कुनै बेला गम्भीर प्रकृतिको असर पार्छिन् भन्ने ज्ञान हुँदाहुँदै पनि हामीले अटेर गरेर वर्षौंदेखि बसिरह्यौं । हिमपात यस वर्षमात्रै आएको होइन ।
अघिल्ला वर्ष पनि आएकै थियो । यो वर्षैपिच्छे हुने प्राकृतिक विपत्ति हो । यसबाट बच्न सुरक्षित उपाय अपनाउनुपर्छ भन्नेमा बेलैमा सरोकारवालाले ध्यान दिएनन् । हामी पीडितको पनि ध्यान गएन । प्रकृतिसँग च्यालेन्ज गर्न खोज्यौं । यससँग च्यालेन्ज गर्न खोज्नु हाम्रो महान कमजोरी हो र मुर्खता हो । महाभूकम्पले थिलथिलो बनाएको मुलुकका जनता ९० प्रतिशतभन्दा बढी गाउँमा बसोबास गर्छन् । त्यसमा पनि दुर्गम ठाउँमा बस्छन् भन्ने जानकारी नीति निर्माण तहमा बस्नेहरूलाई राम्रोसँग थाहा छ । तर पनि किन सुन्ने कान लगाउदैनन् ? हिमपात थेग्न नसक्दा टहरा भत्किएका छन् । हिउँको छानोले कटेज छाएजस्तो भएको छ । त्रिपाल च्यातिएका छन् । अलि—अलि भएको अन्न हिउँले पुरिएको छ । वस्तुभाउको कन्तविजोग छ । खेतबारीमा लगाइएका बालीनाली हिउँले ढाकेको छ । मान्छेहरू कठ्याङग्रिएर बिरामी परेका छन् । जनताको यस्तो विचल्ली छ । हिमपात पीडितसम्म सडक सञ्जाल पुगे पनि राम्रोसँग मर्मत—सम्हार नहुँदा सवारी साधन जान मुस्किल छ । यसकारण सरकार तथा गैर–सरकारी संस्थाले राहत लैजान चाहे पनि सहज रूपमा पुर्याउन सकिरहेका छैनन् । जसोतसो गरेर पुर्याइएको राहत सामग्रीले पीडितलाई पुग्दैन ।
कोहीले पाउने, कोहीले ट्वाल्ल परेर हेर्ने अवस्था सिर्जित भएको छ । नपाउनेको पीडा यहा लेखिसाध्य छैन । भूकम्प पीडितलाई होस् या हिमपात पीडितलाई मौसमी राहतभन्दा दीर्घकालीन राहतको खाँचो छ । न्यानो पक्की घरको खाँचो छ । अर्कोतर्फ सरकारले छिटो–छरितो रूपमा पुनर्निर्माणको कार्य थालेर प्रकृतिले अति प्रभावित गर्ने ठाउँका बस्तीलाई सार्न सक्थ्यो । यो कार्य भूकम्प नजादै अघिल्ला वर्षहरूमा पनि गर्न सक्थ्यो । यसो नगर्दा अहिले यस किसिमको समस्या देखापर्यो । अब ढिला नगरिकन देशका यस्ता जोखिमयुक्त मानवीय बस्तीहरूलाई अध्ययन, अनुसन्धान गरेर सुरक्षित ठाउँमा सार्न बेलैमा काम गर्नुपर्छ ।
तस्बिर:प्रशन्न पोखरेल,रासस/गोरखा
Comments
अरु समाचार
-
पूर्वएआईजी श्यामलाल ज्ञवालीविरूद्व अख्तियारमा उजुरी
– न्यूज नेपाल (विशेष सम्बाददाता) काठमाडौं । अनेकौं आर्थिक अनियमितता, लेनदेन, घुस र विवादमा तानिएका पूर्व अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल...
-
‘‘संविधानको पूर्ण कार्यान्वयन भए जनताको निराशा हटनेछ’’: मन्त्री गुरुङ
काठमाडौं । संविधान कार्यान्वयनका नौ वर्षलाई हेर्दा निराश हुनुपर्ने अवस्था छैन । विश्वका अन्य देशमा नयाँ संविधान बनिसकेपछिको अभ्याससँग तुलना...
-
आजको राशिफलः २०८१ साल भदौ भदौ ३ गते सोमबार
मेषः रचनात्मक काममा जुट्ने समय छ। विभिन्न भौतिक साधनहरू प्राप्त हुनेछन्। नोकरी तथा व्यवसायमा विशेष फाइदा होला। विभिन्न अवसरले पछ्याउनेछन्...
-
‘ट्रम्पमाथिको हत्याको योजना वैश्वीकतावादीहरुको हतास मनस्थितिको उपज’
-अलेक्जेन्डर दुगिन ट्रम्पको हत्या प्रयास धेरै नै पूर्वानुमानयोग्य थियो । यो सबै कुराको योजनाकार वैश्विकतावादी र तिनीहरूको समर्थन गर्ने डीप...
-
खैत करार सेवामा समावेसी सिधान्त को पालना? : संविधानको उल्लंघन वा केन्द्र सरकारको अज्ञानता
सामाजिक न्याय भनेको समाजका सबै व्यक्तिहरूलाई समान अवसर, समान अधिकार, र समान प्रतिष्ठा प्रदान गर्ने सिद्धान्त हो। यसको मुख्य उद्देश्य...
-
गणतन्त्र नेपाली जनताका लागि महत्वपुर्ण छ, त्यसैले यसलाई फलाउन, फुलाउन र जोगाउन लागौँ: अध्यक्ष केसी
काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सार्वभौम सम्पन्न नेपाली जनताका लागि ठूलो महत्वको गणतन्त्रलाई फलाउन, फुलाउन र जोगाउन सबै...
-
‘‘मृत्युको प्रमुख कारण बन्दैछ मस्तिष्क रक्तश्राव’’–डा राजीव झा
काठमाडौं । मस्तिष्क यस्तो अङ्ग हो, यसमा एकपटक समस्या भएपछि पूर्णरुपमा समाधान हुन कठिन हुन्छ । मस्तिष्क लचकदार एवं खुम्चन...
-
कम्युनिष्ट नैतिकता र व्यवहारका पर्याय नेता खड्ग राई
खडगबहादुर राई नेपाली राजनितिमा एक उदयमान नेतृत्व हुनुहुन्छ । विद्यार्थी कालदेखि आफ्नो उर्वर समय नेकपा एमालेका लागि खर्चिनु भएका उहाँ...
-
रूसी दार्शनिक अलेक्जेन्डर दुगिनको सभ्यतागत दृष्टिकोण
रुस सुरूदेखि पश्चिमसँग सभ्यताको युद्धमा छ। जुन युद्धलाई प्रभावकारीरूपमा सामना गर्नका लागि यी योजनाहरूको पदानुक्रमलाई ध्यानमा राख्न आवश्यक छ ।...