ताजा समाचार

छोरी कवितालाई हिरोइन बनाउने करिश्माको योजना

काठमाडौं । सन्तानलाई अभिनयमा ल्याउने थुप्रै सेलिब्रेटी छन् नेपाली चलचित्र क्षेत्रमा । यो भिडमा अभिनेत्री करिश्मा मानन्धर पनि थपिने भएकी छन् ।

करिश्माले छोरी कवितालाई अभिनयमा ल्याउन लागेकी हुन् । करिश्मा अहिले नाम घोषणा नगरिएको नयाँ चलचित्र निर्माणको तयारीमा छिन् । जसको लेखन कार्य भइरहेको उनले बताइन् । आफुले बनाउने नयाँ चलचित्रमा छोरी कवितालाई हिरोइन बनाउने उनको सोच छ ।

कविता अहिले अध्यायनको सिलसिलामा अमेरिकामा छिन् । कविताको पनि अभिनय प्रति रुचि रहँदै आएको छ । उनले गायक सरोज दत्ताको ‘भैगो’ बोलको एक म्युजिक भिडियो अभिनय गरेकी छिन् ।

करिश्माले पछिल्लो समय ‘फागु’ निर्माण गरेकी थिइन् । फागुले उनलाई चुर्लुम्म डुबाएको छ । सोको घाटा समेत असुल गर्ने उदेश्यले उनले नयाँ चलचित्र अगाडि बढाउन लागेकी हुन् ।

नयाँ शक्ति नेपाल पार्टीकी सदस्य समेत रहेकी करिश्मा आगामी दिनमा चलचित्र निर्माण र राजनीति दुबै अगाडि बढाउन चाँहान्छिन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org